Logo

काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा ७ दिन थपिने


कोरोना भाइरस संक्रमणदरमा अपेक्षाकृत कमी नआएपछि काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा थप्ने तयारी भएको छ ।

उपत्यकाका तीनै जिल्लाका काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरु निषेधाज्ञा थप्ने विषयमा छलफलमा जुटेका छन् ।

संक्रमणदर नघेटेकाले अझै केहीदिन निषेधाज्ञा थप्न विज्ञहरुले सुझाव दिएकाले के गर्ने भन्ने विषयमा छलफल चलिरहेको एक प्रजिअले जानकारी दिए ।

‘हामी छलफलमानै छौ, विज्ञहरुको सुझावअनुसार नै निर्णय हुन्छ होला तर निषधाज्ञा केही खुकुलो हुनेछ, उनले भने ।

यसअघि उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा घोषणा गरिएकोले थप ७ दिन थप्ने सम्बन्धी निर्णय आज साँझसम्म आउने पनि जनाइएको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्