महेश बस्नेतलाई मन्त्री नबनाइएपछि अध्यक्ष केपी ओलीविरुद्ध आ’क्रोश

प्रधानमन्त्री केपी शर्मा ओलीले १९ औँ पटक मन्त्रिपरिषद् पुनःगठन गरे ।
यसपटक मन्त्रिपरिषद् पुनःगठन गर्दा महेश बस्ने मन्त्री बन्ने अपेक्षित थियो ।
तर, उनले यसलाई अस्वीकार गर्दै आएका थिए । यद्यपि, चाहना रहेछ भनेर उनकै फेसबुक स्ट्याटसले पुष्टि गरिसकेको छ ।
बस्नेतलाई मन्त्री नबनाएपछि युवा संघका अध्यक्ष किरण पौडेल भने आक्रोशित भएका छन् ।
उनले सामाजिक सञ्जालमा पार्टी अध्यक्ष केपी ओलीविरुद्ध आक्रोशभाव व्यक्त गरेका छन् ।
“राणाकालीन तथा मध्यशाहवंशीय इतिहासका पानामा पढ्ने गरेका षड्यन्त्र, दाउपेचका कथाहरूको झझल्को दिने अनेक काण्डहरू आज हाम्रै पुस्ताका नेताका विरुद्ध, हाम्रा तमाम युवाका कमाण्डरविरुद्ध भइरहँदा युवा पुस्तामा हामी र हाम्रो विरुद्ध मात्र होइन सिङ्गो राजनीतिविरुद्ध वितृष्णा पैदा हुनेछ,” उनले भनेका छन् ।
यस्ता पात्र र प्रवृत्तिबाट युवापुस्ताको ऊर्जामा पानी खन्याउने काम भएको उनको ठहर छ ।