Logo

बहुलराष्ट्रियताको बारे एक बहस


विद्ववान अरुण सुवेदीजिको अर्थोडक्स बहसमा अलिक मसिनो ढंगले चिरफार गर्नु मनलाग्यो अहिले बहुलराष्ट्रियताको बारेमा निकै व्यापक बहस भईरहेको छ। अझ यसलाई सतहिरुपमा नै बहसमा लैजानु पर्छ भन्ने म पनि पक्षमा छु। तर जुन किसिमले उहाँले एकपक्षिय रुपले यो बहुलराष्ट्रियता कम्युनिस्टहरुको  पेवा जस्तो गरेर यसको व्याख्या गर्नु भयो तर यसको उत्पती अवधारणा बारे मन्थन गरौं।

यसको शुरुवात युरोपको नेपोलियन काल भन्दा पहिले नै जहाँ युरोपमा रोम साम्राज्यवादबाट नै एकछत्र क्याथोलिकहरुको भाषा, धर्म, संस्कृति एकछत्र थियो त्यहा धेरै जसो जनताहरु वाक्कदिक्क भइसकेका थिए त्यसको विरुद्धमा लामो संघर्ष भयो ।

यसलाई समाधानको लागि युरोपभरका बौद्धिकहरुको जमातको पहलकदमीमा वेस्टफेलिया-१६४८ संधी भएर लामो अर्थोडक्स ईसाई र यसको विरुद्धमा प्रोटेस्टन्ट विचको संघर्ष केही साम्य पार्ने काम भयो तर यसले सतही रुपमा समाधान गरेन साथै यहिबाट राष्ट्र-राज्यको बिजारोपन भईसकेको थियो ।

त्यसपछी युके भित्र वेल्स अधिनियम  कार्यको कानून (१५३५-४२),  संघको कार्य १७०७ स्कोटिश मान्छे र संघको कार्यको लागी १८०१ आयरल्याण्ड ब्रिटिशले यी कानुन लागू गर्नलाई किन बाध्य भयो भन्ने लुकाएर लुकिन्न त्यो भनेको बहुराष्ट्रियता नै हो र बहुराष्ट्रियताको मुद्दालाई सम्बोधन गर्नको लागी हो। पछि आएर बेलायती राजा जेम्स-ईसंग सत्रौं शताब्दीको अन्त्यतिर यति वाक्क भए कि उसलाई सार्वजनिक ठाउँमा काटेर विलियम भन्ने व्यक्तिलाई खोजि ल्याएर राजा बनाउनु पर्यो ।

त्यही जेम्स-ई कुख्यात राजाले गर्दा त्यहाँका जनताले धर्म नै परिवर्तन गरेर क्याथोलिकबाट प्रोटेस्टन्ट हुन पुगे। राष्ट्रियताको बिकासले अझ थप बलियो बनाउने काम गर्यो। क्र्मश निरन्तर बहुराष्ट्रियता बिकासको क्रममा अमेरिकी स्वतन्त्रताको घोषणा -१७७६, मानिस र नागरिकको अधिकारको फ्रान्सेली घोषणा आदि ।

यसबाट के निष्कर्ष निस्किन्छ भने यहि वेस्टफालिया कांग्रेस, बहुमुल्य संधि र विभिन्न कार्यहरुबाट यूरोपका विभिन्न राज्यहरुको निर्माण भएको देखिन्छ । आयो लेनिनको नेतृत्वमा भएको बोल्सेविक क्रान्ती त धेरै पछि १९१७ मा मात्र भएको हो । त्यसले यो अरुण दाईको बहस तथ्यहिन जस्तो नै लाग्छ । अथवा कम्युनिस्ट हुने वितिकै  बहु-राष्ट्रवाद हुन्न भन्ने मेरो तर्क हो । त्यसो भए त ईस्टफेलिया कांग्रेसको आयोजकहरु पनि कम्युनिस्ट हुनु पर्ने होइन र !

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्