Logo

विश्वासको मत पाएनन् मुख्यमन्त्री गुरुङले ,अब के हुन्छ ?


गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न सकेनन् ।

विश्वासको पक्षमा एमालेका २७ जना सांसदले मात्र मतदान गरे।

विपक्षमा रहेका नेपाली कांग्रेस, जनता समाजवादी, जनमोर्चा र जनता समाजवादी पार्टीका ३० जनाले मतदान गरेका थिए।

गण्डकी प्रदेश सभा बैठकमा बिहीबार विश्वासको मतमाथि मतदान भएको थियो ।

मतदानमा युवा तथा खेलकुद मन्त्री दीपक मनाङे उपस्थित भएनन् भने जनमोर्चाले कारबाही गरेका कृष्ण थापा तटस्थ बसे ।

मुख्यमन्त्री गुरूङले विश्वासको मत नपाएसँगै अब नया सरकार गठनको अर्को प्रक्रिया शुरु हुनेछ।

यसअघि नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा ४ दल गुरूङ सरकार ढाल्न लागेका थिए।

कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गरेर यो गठबन्धनले अविश्वास प्रस्तावसमेत ल्याएको थियो।

२ वैशाखमा अविश्वास प्रस्ताव प्रदेश सभा सचिवालयमा पेश भएको थियो । तर अविश्वास प्रस्तावमा मतदान हुन पाएको थिएन ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्