अब प्रदेश-२ का मन्त्रीको बहुमतसहित ओली प्रधानमन्त्री

एमाले र राजपाका नेताहरूलाई समेटेर प्रधानमन्त्री ओलीले एक राज्यमन्त्रीसहित आठ जना मन्त्री थप्न लागेका छन्।
गृहमन्त्रीमा एमालेका खगराज अधिकारी, सञ्चार मन्त्रीमा नैनकला थापा, कृषि मन्त्रीमा ज्वालाकुमारी साह, वनमन्त्रीमा नारदमुनि राना, विना विभागीय मन्त्रीमा मोहन बानियाँ, उद्योग मन्त्रीमा राजपाका राजकिशोर यादव, सामान्य प्रशासन मन्त्रीमा गणेश पहाडी र वन राज्यमन्त्रीमा आशा विकलाई ओलीले आज मन्त्री बनाउन लागेका छन्।