Logo

मुख्यमन्त्री शेरधन राईलाई सांसद र जनतालाई ठगेको आरोप


प्रदेश नम्बर–१ प्रदेशसभामा नेपाली कांग्रेसका सांसद केदार कार्कीले सरकार चलाउन र जनताप्रति जिम्मेवार बन्न नसक्ने भए फुर्सद लिएर आफ्नै दलको अरु कसैलाई सरकारको नेतृत्व दिन मुख्यमन्त्री शेरधन राईलाई आग्रह गरेका छन् ।

बुधबार प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै कार्कीले महामारीका बेला जनताले अपेक्षा गरेअनुसार काम गर्न नसकेको सरकार आश्वासनको पुलिन्दाले मात्र भरिएको आरोप लगाए ।

“सरकार आफू काम गर्न नसक्ने अवस्थामा पुगेपछि सरकार विपक्षीका कारण काम गर्न नसकेको भन्ने आरोप लगाउने गरिएको छ ।

मुख्यमन्त्री आफैँ सदनमा उभिएर झुट बोलिरहनुभएको छ । बरु, आफू काम गर्न सक्नु हुन्न भने आफ्नै दलको काम गर्न सक्नेलाई सरकारको नेतृत्व गर्न दिनुहोस्,” उनले भने ।

जनतलाई चाहिने आवश्यकताका बेला पनि सरकार नभेटिएको अनि गाउँ गाउँमा सिंहदरबार आयो भनिए पनि प्रदेश–१ का मन्त्रीहरुका लागि कार्यालय र आवास बनाइए पनि सबै मन्त्री काठमाडौंमै व्यस्त हुने गरेको उनले बताए ।

“मन्त्रीहरु काठमाडौं जान व्यस्त हुनुहुन्छ । सरकार कहाँ छ ? मुख्यमन्त्रीज्यूलाई पनि गाली गर्नु हुन्न, मधुमास मनाउन पाउनपर्छ । जनता मर्दै जाने, सरकार लास गन्दै जाने गर्दै छ ।”

मुख्यमन्त्री राईले सांसद र जनतालाई ठगेको उनको आरोप छ । कोरोनाको उपचारका लागि छुट्ट्याएको ५० करोड रकम कहाँ गयो ? भन्दै उनले निजी अस्पतालमा संक्रमितले चर्को मूल्य चुकाउनुपर्ने अवस्था रहेको जिकिर गरे ।

जनतालाई घरभित्र थुनेर सरकारले अनलाइनकक्षाको सपना बाँड्ने काम गरेको उनको भनाइ छ ।

भने, “बरु, खोप किन्ने प्रस्ताव गर्नुहोस् । शिक्षक र विद्यार्थीलाई खोप हान्न किनेर ल्याऊँ । तर, प्रदेशसभामा आएर झुट नबोल्नुहोस् ।”

सरकारले ल्याएको बजेट कार्यान्वयन हुन नसकेको भन्दै जनताले पाउने तथा महसुस गर्ने गरी बजेटको किताब बोकेर आउन उनले सुझाव दिए ।

प्रदेशसभामा बुधबारदेखि विनियोजन विधेयक, २०७८ का सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु भएको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्