Logo

कमिसनको प्रभावमा युबाद्वारा कवाडी ह’डप्ने प्रयास


उद्बब बिश्वकर्मा

दोलखा – दोलखा जिल्लामा साना ठुला गरि करिब दर्जनौं हाइड्रोपावर निर्माणधिन छन,  केही निर्माण सम्पन्न भैसकेका छ्न ।

निजि कोरोना महामारीको बिचमा निर्माणधिन र निर्माण सम्पन्न जलविद्युत आयोजनाको कवाडी सामाग्री बाहिरि जिल्लामा निकासी हुन थाले पछि दोलखा जिल्लाका जिल्ला प्रशासन र सुरक्षा निकायमाथी ख’रो प्रश्न पैदा भएको छ । बन्दाबन्दिकोबिच पनी रातको समय या दिनको समयमा आयोजना स्थलबाट धमाधम लोड गरिएका मालबाहक सवारी साधन चल्न सुरु गरेपछि स्थानीयले अवरोध समेत गर्न थालेका छ्न ।

स्थानीयको अ’वरोध भने सामान नियन्त्रणमालिई आयोजना स्थलमा फर्काउने उदेश्यले नभै मालबाहक गाडी रोकि रकम असुलि गर्ने र यदि रकम नदिए बिच बाटोमा नै सामान झारी ट्रकलाई आफ्नो गन्तव्य तर्फ फर्काउने युबा जमात राम्रै प्रयास देखिन्छ ।

सरकारी तथा निजि लगानीका यति ठुला हाइड्रोपावरको कवाडी सामान ह’त्याउन प्रयास गर्ने सन्जालको जालो भने सानो छैन ।  निजि मन्त्रालयदेखि आयोजना प्रमुख र स्थानीय प्रशासन स्थानीय तहलाई समेत आफ्नो प्रभावमा पारी कवाडीका सामान वसारपसार गर्न लागि परेका छन भने अर्कोतर्फका केही जमात भने गाडी रोकि असुली धन्दामा सक्रिय छन ।

यस प्रवृत्तिलाई नियालेर हेर्ने हो भने स्थानीय प्रशासन जनप्रतिनिधि र आयोजना अधिकारीहरुको पनि गहिरो साटकाट रहेको बुझ्न् सकिन्छ भने अर्कोतर्फ जिल्लाको तर्फबाट प्रदेश र प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने माननीयज्युहरुको कानमा तेलहालाई प्रवृत्तिले राज्यको यति ठूलो सम्पत्तिमाथि मनोमानी चल्दा समेत कुनै आधिकारिक प्रतिक्रिया नजनाउनले पनि थप संका पैदा भएको छ ।

गत आइतबार जिल्लाको गौरीशंकर गाउँपालिकाको तल्लो खारेखोला जलविद्युत आयोजनाको पुराना डोजरको बकेट बिजुलीको खम्बा लगाएतका सामाग्री अ’बैधानिक तवरबाट रुपन्देही जिल्लामा दर्ता भएको जानकी हार्डवयर्स एण्ड स्क्रेप सप्लायर्सतर्फ लैजान खोज्दा स्थानीयको अबरोधपछि इलाका प्रहरी कार्यलय सिङ्गटिले नि’यन्त्रणमा लिएको थियो ।

सो कवाडी सामाग्री तल्लो खारेखोला जलविद्युत आयोजनाकै भएको र जानकी हार्डवयर्स एण्ड स्क्रेप सप्लयर्सलाई बिक्री गरिएको प्रबर्द्धक कम्पनी युनिभर्सल पावर कम्पनीको पत्रमा उल्लेख छ । तर सह-आयोजना प्रमुख रिकि क्षेत्रीको हस्ताक्षर रहेको उक्त पत्रमा दर्ता नम्बर, चलानी नम्बर र मिति समेत उल्लेख गरिएको छैन भने  परिमाण समेत न्यून उल्लेख गरिएको छ ।

बाह्र चक्के मालबाहक गाडिको कुल क्षमता एक्काइस हजार हुन्छ भने उक्त पत्रमा सातहजार उल्लेख गरिएको छ । तर दोलखाकै बिगु गाउँपालिकाले भने सोही परिणाम बमोजिम ७ हजार कर लिई रसिद दिइएको छ ।

नियम अनुसार जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भैसकेपछी बोलपत्र आह्वान गरेपछि मात्र लिलाम गरि निकासी गर्ने प्रचनल छ । रातरात बन्दबन्दिको बेला पनि सामान ओसारपसार गर्न थालिएको छ ।

दोलखाको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भेषराज रिजालले भने विधि र प्रक्रिया बमोजिम हुनुपर्ने र स्थानीय प्रशासनको बिना अनुमती र बिना आ’देश लैजान खोजिएको कवाडीका गाडीहरु नियन्त्रण
लिने र अनुसन्धान प्रक्रिया पूरा गरेर मात्र छाडिने वा संबंधित ब्यक्तिलाई जिम्मा लगाउने बताएका छन ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्