Logo

संघीयताको मर्म अनुरुप नाम राखौ, अ’तिक्रमित नाममा किन राजनैतिक करण गर्ने?


–निनाम कुलुङ ‘मंगले’
हाल नेपालको पूर्वी क्षेत्र (हालसम्म नाम नजुरेको एक नम्बर प्रदेश) मा पर्ने ताप्लेजुङ जिल्लाको पाथीभरा देवी ! त्यहाँका आदि अनादि कालदेखिका लिम्बु जातिका धार्मिक आस्थाकी धरोहर मुक्कुमलुङ (युमा/माङ) लाई जहिले, जसरी, जुन उदेश्यले हिन्दुकरण गरेर ‘पाथीभरा देवी’ भनेर नामांकरण गरे तापनि अब पुनः लिम्बु भाषामा रहेको मुक्कुमलुङ (युमा/माङ) नामलाई नै स्थापित गर्नु पर्छ, नयाँ नाम राख्नु पर्छ भनेर सो क्षेत्रमा परापूर्व कालदेखि बस्दै आएका लिम्बु जातिहरुका थरगत संस्था (सयङ) हरु मिलेर विसं २०७७ असारदेखि संगठित रुपमा संघर्ष गर्दे आएको छ । तापनि सरकारले लिम्बु जातिको सो माग (पाथीभरा देवीको नाम फेरेर पुनः लिम्बु भाषामा रहेका मुक्कुमलुङ (युमा/माङ) नामलाई नै स्थापित गर्नु पर्ने) लाई किनारा नलगाई आगामीे वैसाख ११, २०७८ का दिन सम्माननीय प्रधानमन्त्री केपी ओली ज्युले पाथीभरा देबी दर्शन केबलकार प्रा. लि. को शिलान्यास गर्ने भन्ने समाचार आएको छ ।

हुन त एकभाषाले अर्को भाषालाई अतिक्रमित गर्ने क्रम विश्वमा तीब्ररुपले चलिरहेको छ भने स्थान नामहरुमा पनि यो कुरा लागू भएको पाइन्छ । राज्य र राज्य पक्षका मान्छेहरुले मुक्कुमलुङ (युमा/माङ) को नाम फेरेर पाथीभरा देबी बनाउने कुरोमा मात्रै सीमित रहेको छैन, नेपालका अधिकांश स्थानहरुको स्थानीय नामहरु पनि खस/नेपाल भाषा र अन्य बाह््य भाषाका नामहरुले द्रुत गतिमा अ/तिक्रमण गरेको देखिन्छ । यसरी आदि अनादि कालदेखि रहेका स्थानीय गाउँ, ठाउँ र स्थान नामहरु ऋतिक्रमित हुने क्रममा विषेशतः हिन्दु देवी–देउताका नाम, खस–नेपाली भाषा, अंग्रेजी भाषा र प्रसिद्ध व्यक्ति तथा व्यक्तित्वहरुको नाम लगायत अन्य विदेशी भाषाले तीव्र गतिमा अ’तिक्रमण गरी रहेको देखिन्छ । कतिपय स्थानीय स्थान नामहरु भने, आप्mनो मौलिक नामबाट, ऐकार, ऊकार, एकार, एकार आदि मात्रै पनि बिगारेर/बिग्रिएर पनि अपभ्रंशित हुँदै गई रहेको अवस्था पनि देखिन्छ ।

जस्तो उदाहरणका लागि भन्नु पर्दा पूर्वको मेची अञ्चलको ईलाम जिल्लामा रहेको सन्दकफुलाई नै लिऊँ । ‘सन्दकफु’लाई हाल सन्दकपुर बनाइएको छ । उता अन्तुडाँडाको नाम पूरै परिवर्तन गरेर ‘दीपेन्द्र’ (तत्कालीन युवराज दीपेन्द्रको नाममा) शिखर बनाइएको छ । तर, आजभोलि अन्तुडाँडाको नयाँ नाम दीपेन्द्र शिखरभन्दा पनि अन्तुडाँडा भनेरै चिनिन थालेको छ । निश्चय नै यसले सकारात्मक सन्देश प्रवाह गरेको छ । हुन त यी नामहरु लाप्चा आदिवासी जातिको मातृभाषामा रहेको (कसैकसैले मगर भाषामा रहेको नाम हो भने तापनि पाँचथर र ईलाम, खासगरी ईलाममा परापूर्व कालदेखि बस्दै आएको जाति भनेको लाप्चा जाति भएकोले लाप्चा जातिको भाषामा नै रहेको नामहरु हुन्, ती) स्थानीय स्थान नामहरु हुन् । त्यस्तै तेह्रथुम जिल्लाको सदरमुकाम ‘मेयङ लुङ’ हाल अपभं्रषित भएर ‘म्याङलुङ’ भएको छ । यतिसम्म कि तेह्रथुम जिल्लाको सदरमुकाममा केही वर्षअघि स्थापना गरिएको ‘मेयङ लुङ’ (बिरालोको प्रतिमा) मा लेखिएको/कुँदिएको ‘मेयङ लुङ’ अक्षरबाहेक तेह्रथुम जिल्लाभरिको होर्डिङ बोर्डहरुमा ‘म्याङलुङै’ ‘म्याङलुङ’ मात्रै लेखेको देखिन्छ । साथै तेह्रथुम जिल्लाकै ‘हात्तिलेङे (पूरै खोलालाई हिंवा खोला भनिन्छ), झरनाको पनि नाम अपभ्रंषित भएर ‘ह्यात्रुङ’ भएको छ । त्यति मात्र हैन ‘मेयङ लुङ’ बजारभित्रै पर्ने ‘तुम्भुङ्ला’ तम्फुला भएको छ । र, तेह्रथुमकै ‘सुम्दोवा’ गाउँ हाल ‘सम्दु’ र ‘सङबो’ गाउँ ‘संगपु’ भएको छ । त्यस्तै संखुवासभा जिल्लाको ‘तुम्लुङटार’ पनि अपभ्रंषित भएर हाल ‘तुम्लिङटार’ भएको छ । जुन विश्वकै होँचो उपत्यका पनि हो ।

तर, स्मरणयीय कुरो के छ भने, भोजपुर जिल्लाको ‘कुलुङ’ गाउँको नाम भने जस्ताको तस्तै हालसम्म पनि ‘कुलुङ’ नै कायम रहन सफल भएको छ । स्मणीय छ, कुलुङ जाति नेपालका प्राचीन जातिहरुमध्येका किराती आदिवासी हुन् । यता सोलुखुम्बुको ‘फुसतेल’ र सत्तो–सोत्तो गाउँहरु भने, क्रमशः सोताङ र शिबटार/कृष्णटार भएको छ । त्यसो त धनकुटाको ‘भेडेटार’ पनि विदेशी (बेलायती युवराज चाल्र्स) को नाममा ‘चाल्र्स भ्यु प्याइन्ट’ भएको छ–थियो । खोज्दै जाँदा नेपालभरि नै स्थानीय नामहरु, खास गरी आदिवासी जनजातिका मातृभाषामा राखिएका/रहिआएका स्थानीय नामहरु नेपालीकरण–खसकरण र विदेशी विशेषतः अंग्रेजी भाषाको अतिक्रमणमा परेका छन् । यसरी आदिवासी जनजातका भाषामा रहेका तर, अरु भाषाबाट अतिक्रमित भएका स्थान नामहरु धेरै रहे तापनि, पोखरा नजिकको ‘ह्याङजा’ अहिले हेम्जा भएको छ भने पोखराकै ‘पाताले छाँँगो’ हाल ‘डेवि’ज फल्स’ भएको छ । भनिन्छ, डेवी नामक स्वीस तरुनी (विदेशी महिला) उक्त छागाँबाट खसेर वे’पत्ता भएपछि/म’रेपछि ! ‘पाताले छाँँगो’ ‘डेवि’ज फल्स’ भएकी हुन् !

अ’तिक्रमित र अपभ्रंषित भएका स्थान नामहरुका सम्बन्धमा भन्नु पर्दा नेपालका हिमालहरु पनि अछूतो रहन सकेको छैन । नेपाली हिमालहरुको नाम पनि अन्य विदेश भाषा र खस वा नेपाली भाषाको अ’तिक्रमणमा खुबै परेका छन् भन्न सकिन्छ । त्यस्ता केही हिमालहरुको नाम तल उल्लेख गरिएको छ । १, सेवालुङ (कञ्चनजंघा) । २, फक्ताङलुङ (जान्नु–कुम्भकर्ण) । ३, सेसेलुङ (मकालु) । ४, चोमोलुङमा (सगरमाथा खस–नेपाली भाषाको नाम र एभरेष्ट अंग्रेज–अंग्रेजी भाषाको नाम) । ५, आम्पा मारे (गौरीशंकर) । ६, ख्वाप्स्लाङ–कार्पो (गणेश हिमाल) । ७, उर्कीमा (बाडेन पावेल–स्काउटका जन्मदाताको नाममा) । ८, जाक्सम्बा (पासाङल्हामु चुली–प्रथम सगरमाथा आरोही नेपाली महिलाको नाममा) । ९, धाम्पुस (थापा पिक) । १०, झोङ–री (पिसाङ पिक) । ११, प्याङगेन पुथाङ (मनास्लु) । १२, ङादी चुली (डाक्टर हर्क चुली), डोम ब्लँ, प्mल्युटेट पिक आदि ।

यसरी हेर्दा नेपालका विभिन्न स्थान, हिमाल, गाउँ, ठाउँ आदिको नामहरु जर्वजस्त ढंगले अ’तिक्रमित र अ’पभ्रंषित हँुदै गएका छन भने नयाँ नाम राख्ने क्रममा विवाद र होर्डिङ बोर्ड फालाफालसमेत भएको उदारणहरु प्रशस्तै छन । जस्तो कि, तत्कालीन ललितपुर उ.म.न.पा.—१४ (हाल महानगरपालिका) को नखिपोटको खेल मैदान नजिक आदिवासी विशेषतः लाहुुरे परिवारको बाक्लो बस्ती भएकाले सुरुमा ‘किरात चोक’ नामाकरण गरियो । तर, पछि उमनपा समेतको मिलेमतोमा स्थानीय रैथानेहरुले ‘शिव चोक’ बनाएरै छाडे । यसरी राज्य र राज्य पक्षका अनुदारवादी रुझान राख्ने पक्षले किरात भन्नाले एउटा जात वा जाति मात्रै नजनाएर इतिहास, सभ्यता, धर्म, दर्शन, भाषा, महाजाति आदि भनी चिनाउने र, लगभग ८–१० हजार वर्षको इतिहास बोकेको ‘किरात’ शब्दलाई समेत सहजै स्वीकार गर्न सकेको देखिदैन भने, कुलुङ लगायत १६ खम्बुका सन्तान लगायत नेपालका प्रायः सबै किरातीहरुको उत्पत्त–थलो भनी मुन्धुम (कुलुुङ जातिले मुन्धुमलाई रीदूम भन्छन्) मा आउने (बखानिने/पुकारिने) खुवालुङलाई फुटाएर पानी जहाज चलाउँछु भन्नु कुन ठूलो कुरो भयो र ? किनभने, राज्य र राज्य पक्षका मान्छेहरुहरुका लागि त खुवालुङ भनेको फगत एउटा ढुंगो न हो । तर, ….त्यसो त नेपालमा मात्रै नभएर विश्वभरि नै हाल कुनै पनि देशको स्थानीयस्तरका स्थानको नाम मात्रै नभएर देशकै नाम समेत मौलिक नाममा पुनःस्थापित गर्ने प्रचलन बढ्दो क्रममा छ भन्ने त बर्मा भन्ने देश ‘म्यामाँ–म्यानमार’ भैसकेकोले पनि देखाउँछ ।यसरी पहले विदेशीहरुले आप्mनो भाषामा राखेको र पछि आफ्रनै भाषामा नाम राखिएको केही सहरहरुको नामहरु यहाँ उल्लेख गरिएको छ । जस्तो कि, भारतको बम्बई सहर हाल मुम्बई भएको छ । त्यस्तै मद«ास सहर चेन्नाई भएको छ । कलकत्ता सहर कोलकाता भएको छ । उता बर्मा भनी चिनिने देश पनि हाल ‘म्यामाँ–म्यानमार’ भैसकेको छ भन्ने त माथि उल्ल्ख भएको छ । बर्माको राजधानी सरह रंगुन पनि ‘याँगु–यांगुन’ भएको छ ।

त्यसैले नेपालमा पनि चर्को रुपमा जातजाति र भाषाभाषीको कुरा गर्नेेहरुले यसबारेमा पनि पहल कदमी लिने हो कि ? खासमा संघीयताको मर्म अनुरुप पनि सगरमाथालाई चोमोलुङमा, गणेश हिमाललाई ख्वाप्स्लाङ कार्पो, सोताङलाई फुसतेल, हेम्जालाई ह्याङजा, ह्यात्रुङलाई हात्तिलेङे, तुम्लिङटारलाई तुम्लुङटार, कञ्नजंघालाई सेवालुङ, मकालुलाई सेसेलुङ आदि भनी किन पुनः नामाकरण नगर्ने ? त्यतिमात्रै होइन, नेपालभरिका आदिवासी जनजातिका मातृभाषामा रहेका/रहिआएका स्थान नामहरु पुनः स्थापित गराउन किन पहल नगर्ने ? उसो त ‘काठमाण्डौ उपत्यका लगायत वरिपरिका स्थान, खोलानाला आदिको स्थानीय नामहरु ८० प्रतिशतभन्दा बढी किराती परिवारको भाषामा रहेका छन् ।’ भनी स्व. धनबज्र बज्राचार्यद्धारा लिखित लिच्छवीकालीन अभिलेख नामक किताबमा लेखिएको पनि छ ।

नेपालमा नाम मात्रैको भए तापनि हाल संघीयता आएको छ । यसरी संघीयत लागू भए/आएसँगै अतिक्रमित र अपभ्रंषित भएका स्थान नामहरुको नाम पनि पुनः स्थापित होओस् भन्ने कामना गरौं । माथि उल्लेखित बाहेक नेपालभरि नै नेपालका आदिवासी जनजातिहरुका मातृभाषामा रहेका जति पनि अपभ्रंषित भएका र अपहरित भएका स्थान नामहरु छन्, ती सबै स्थान नामहरुको स्थानीय जनता विषेशतः आदिवासी जनजातिहरुले पुकार्ने नामहरु नै पुनः स्थापित गरिनु/लेखिनु/उच्चारण गरिनु पर्छ । यसका लागि केन्द्र, प्रदेश र स्थानीय गरी तीनै तहको सरकारहरुले नै समन्वयय गरेर विगतमा एकल जातीय सोचका कारण होस् वा बोलाऊन सजिलोका कारणले, त्यो बेला खसकरण–खसीकरण र हिन्दुकरणमा परेर विस्थापित वा अपभ्रंष भएका आदिवासी जनजातिका मातृभाषामा रहेका सम्पूर्ण स्थान नामहरुको नाम पुनः उनीहरुकै भाषामा नामाकरण गरिएको छ भनी सरकारले नै सार्वजनिक रुपमा घोषणा गर्नुपर्ने देखिन्छ । के यस विषयमा सरकारले आँट गर्न सक्छ ?

तर, हाम्रा भनिएका मान्छेहरु (विभिन्न राजनैतिक दलमा रहेका आदिवासी जनजाति मूलका नेताहरु) नेपालका ठूला भनिएका राजनैतिक दल र ती दलमा रहेका प्रभावशाली नेता भनिनेहरुका ‘करिया’, ‘कमारो बुद्घि भएका’ (मालिकले अह्राए/खटाएको काम मात्रै खुरु–खुरु गर्ने नोकर) ‘झोलेपोके’ र ‘लगाम घोडा’ मात्रै बनेसम्म यो देशका शासक जात, वर्ग वा समूहले जसरी पछिल्लोपटक ताप्लेजुङको सुकेटार विमानस्थको नाम फेरेर (जो लिम्बु भाषामा रहेको ‘सुः रित तेल्लोक’बाट अपभ्रंश हुँदै ‘सुकेटार’ भएको हो) सो विमानस्थलको नाम ‘रवीन्द्र अधिकारी’ र तेह्रथुम जिल्लाको पूर्व–दक्षिण क्षेत्रको आठराई ! चुहानडाँडाँमा बन्ने भनिएको विमानस्थललको नाम ‘आछिरिङ शेर्पा’ राख्ने आँट त्यसरी नै गरीरहने छन् । तर, ठूला–बडा र जान्ने–सुन्ने हौं भन्नेहरुको त के कुरो, ती क्षेत्रका स–साना नानी–बाबुहरुले पनि ती दुई जना (‘रवीन्द्र अधिकारी’ र ‘आछिरिङ शेर्पा’) को हुन् ? उनीहरुले उक्त क्षेत्रमा के–के योगदान गरे भन्न सक्छन् ।
थप केही जानकारी चाहिएः ९८४९९८५९९७, ९८६२४३६०४९
ninamkirat123@gmail.com

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्