Logo

‘भलमान राई उपचार सहयोग समिती’ बन्यो, भलमान राईलाई सहयोग गर्न अपिल


काठमाण्डौ – भोजपुर जिल्ला भोजपुर नगरपालिका वडा नं १० भैसीपङ्खाका ४७ वर्षीय भलमान राईको उपचारमा आर्थिक सहयोग गर्न सबैलाई अपिल गरिएको छ । देशबिदेशमा रहनु हुने सबै मानबिय मनका धनि ब्यक्तिहरुलाई सहयोगकोलागि अपिल गरिएको हो ।

आर्थिक स्थिति नाजुक भएको हुँदा उपचारको लागि छोरी श्री बिपना राईले सहयोगको याचना समेत गरेको ‘भलमान राई उपचार सहयोग समिती’ श्री बलिराज खम्बुको संयोजकत्वमा ६ सदस्य गठन गरिएको छ ।

आर्थिक अबस्था कमजोर हुँदा बुबाको उपचार गर्न नसकेको भन्दै छोरी विपनाले सहयोगकालागि अनुरोधपछि समिति गठन गरिएको हो ।

‘भलमान राई उपचार सहयोग समिती’मा संयोजक बलिराज खम्बु, सदस्य इन्द्र चाम्लिङ, प्रकाश दुमी राई, अमित चाम्लिङ, सुमन वाङ्देल र राजेश चाम्लिङ रहेको छ ।

प्यारालाईस, मुटु र फोक्सोमा रगत बग्ने नसामा समस्या र ब्रेनट्युमरलगायत विभिन्न रोगबाट ग्रसित राईको आर्थिक अवस्था कमजोर भएकोले सहयोगको अपिल गरिएको कुरा संयोजक श्री बलिराज खम्बुले बताए ।

त्यस्तैगरी ‘भलामान राई उपचार सहयोग समिती’का सदस्य प्रकाश दुमी राई भन्छन, “हामी हस्पीटल गएर सम्बन्धीत बिरामी र बिरामीको छोरीसँग भेट गरी बस्तुस्थितिको जानकारी लियौ, बिरामीको केही स्वस्थ्य अबस्था राम्रो हुँन्दै आए पनि धेरै रोगको उपचार गर्नुपर्ने भएकोले सबैसँग आर्थिक सहयोगको लागि हार्दिक अपिल गर्दछौ ।”

संयोजक खम्बुले भने “कोरोना प्रकोपको कारण तत्काल छुट्टै बैंक खाता खोलेर सहयोग अभियान चलाउन नसकिने भएकोले सिटिजन्स इन्टरनेसनल बैंकमा बलिराज राईको नाममा रहेको खाता नं ०५४०१००००००७७०४१ मा सहयोग रकम जम्मा गरिदिन सकिन्छ ।”

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्