Logo

भिडियो सेयर गरेकै कारण हेमा मालिनी सामाजिक सञ्जालमा ट्रोलको सि’कार


बलिउडकी दिग्गज अभिनेत्री हेमा मालिनीविरुद्ध अहिले सामाजिक सञ्जाल प्रयोगकर्ताहरु आक्रोशित बनेका छन् ।

कोरोनाभाइरसको विषयमा दिएको एक अभिव्यक्तिपछि उनी सामाजिक सञ्जाल प्रयोगकर्ताको निसानामा परेकी हुन् ।

हालै हेमाले कोरोनाभाइरस हटाउन होम गर्न सुझाएकी थिइन् । त्यसपछि उनी सामाजिक सञ्जालमा ट्रोलको सि’कार बनेकी हुन् ।

विश्व वातावरण दिवसको अवसरमा हेमाले एउटा भिडियो सामाजिक सञ्जालमा सेयर गरेकी थिइन् ।

उक्त भिडियोमा उनले घरमा दिनदिनै होम गरेर कोरोनाभाइरस उन्मूलन गर्न सकिने बताएकी थिइन् ।

“पछिल्लो धेरै वर्षदेखि हरेकदिन पूजापाठपछि म यो (होम) गर्दै आइरहेको छु । कोरोना महामारीदेखि हरेक दिन दुईचोटि गर्न थालेको छु ।

यसले वातावरणलाई सफा मात्र बनाउँदैन, कोरोनाजस्तो रोगलाई पनि बाहिर निकालिदिन्छ,” उनले भिडियोमा भनेकी छन् ।

कोरोना नहटेसम्म सबैले हरेक दिन आ–आफ्नो घरमा होम गर्न पनि उनले आग्रह गरेकी छन् ।

उक्त भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनको आलोचना सुरु भयो ।

कोरोनाभाइरसबारे आधारहीन, अवैज्ञानिक र अन्धविश्वास फैलाएको भन्दै आलोचना गरिएको हो । एजेन्सी

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्