Logo

नेप्सेले पहिलोपटक २९६० अंक पार गर्दै तीन हजारको विन्दुलाई पच्छ्याए


अघिल्लो दिन सामान्य करेक्सन आएको सेयर बजारमा मंगलबार भने उच्छल आएको छ ।

मंगलबार सेयर बजार परिसूचक नेप्से ५३.४४ अंकले बढेर २९६०.१४ विन्दुको ऐतिहासिक रेकर्ड बनायो । नेप्से १.८४ प्रतिशतले बढ्यो ।

दैनिकजसो नयाँ रेकर्ड कायम गर्दै आएको नेप्सेले पहिलोपटक २९६० अंक पार गर्दै तीन हजारको विन्दुलाई पच्छ्याएको छ ।

आइतबार २९०६.९१ अंकमा पुगेर बन्द हुँदा हिजो सोमबार भने ०.२१ अंकको सामान्य करेक्सन आएको थियो ।

यसदिन जीवन बीमा, निर्जीवन बिमा र विकास बैंक उपसमूहमा उच्च वृद्धि आयो ।

जीबन बिमा सबैभन्दा उच्च ६६८ अंकले बढ्यो भने निर्जीवन बिमामा पनि ५५४ अंकको वृद्धि आयो ।

यस्तै, विकास बैंक उपसमूह ३९८ अंकले बढ्दा वित्त समूहमा पनि १८५ अंकले बढ्यो ।

यसदिन सातवटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर पोजिटिभ सर्किट लाग्यो भने २९ कम्पनीको सेयर मूल्य पनि ९ प्रतिशत बढी बढ्यो ।

यसदिन कारोबार पनि उच्च नै रह्यो । २१८ कम्पनीको ३ करोड ५७ लाख कित्ता सेयर १६ अर्ब ९५ करोड १३ लाख रुपैयाँ बराबरमा खरिद-बिक्री भएका छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्