Logo

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बिष्वासको मत लिएः ओलि समुहले भने मन्त्री भट्टको बिपक्षमा मतदान गरे


काठमाडौं –  मंगलबार प्रदेशसभाबाट मुख्यमन्त्री भट्टले विश्वासको मत लिए लगत्तै उनीबाट विधि, विधान र पद्धति मिच्नेहरुले नैतिकताको शिक्षा लिनुपर्ने भन्दै रावलले बधाई दिएका छन।  रावलले प्रदेशसभामा विश्वासको मत लिनुपर्छ भन्ने आवाज जेठ २१ मा उठेपछि ख्यमन्त्रीले विश्वासको मत लिएको भन्दै उनीबाट राजनीतिक नैतिकताको शिक्षा लिनुपर्ने बताएका हुन्।

सामाजिक सञ्जालमा सक्रिय रावलले ट्वीट गर्दै भट्टलाई बधाई दिएका हुन्। ‘सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मत लिनुपर्ने कुरा जेठ २१ गते उठेपछि जेठ २५ गते नै विश्वासको मत लिने प्रस्ताव गरी सभाको विश्वास प्राप्त गर्नुभएकोमा मुख्यमन्त्री त्रिलोचन भट्टजीलाई हार्दिक बधाई। विधि, विधान र पद्धति मिच्नेहरूले उहाँबाट राजनीतिक नैतिकताको केही शिक्षा लिने कि ?’, रावलले ट्वीटरमा लेखेका छन्।

मंगलबार सुदूरपश्चि प्रदेशको प्रदेशसभामा भएको मतदानमा भट्टको प्रस्तावको पक्षमा ३० मत पर्यो भने विपक्षमा ९ मत परेको थियो। १२ जनाले मतदानमा सहभागी भएनन्।

मुख्यमन्त्री भट्टलाई माओवादी र एमाले माधवकुमार नेपाल पक्षले विश्वासको मत दिएका हुन्। प्रतिपक्षी नेपाली कांग्रेसले मत हालेन। तर,  कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई मत नपुग्ने अवस्था आएमा उनको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत प्रधानमन्त्री केपी शर्मा ओलीले भने आफ्ना पक्षका प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्देशन दिएका थिए।

५२ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका सभामुखसहित २५, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टीका २ जना प्रदेशसभा सदस्य छन्। एमालेका २५ मध्ये माधवकुमार नेपाल पक्षका १८ छन्।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्