Logo

‘लुट्न सके लुट कान्छा’ दुई वर्षपछि पुनः युट्युवमा


लोकगायक पशुपति शर्माले गाएको चर्चित गीत ‘लुट्न सके लुट कान्छा’ दुई वर्षपछि पुनः युट्युवमा फर्किएको छ ।

२०७५ फाल्गुन २ गते युट्युवमा प्रिमियर भएको गीत राजनीतिक दबाबकै कारण शर्माले युट्युवमा ‘प्राइभेट’ गरेका थिए।

त्यतिबेला गीत सार्वजनिक भएपछि सत्तामा रहेको दल नेकपा समर्थक र नेताले सामाजिक संजालमा चर्को आलोचना गर्दै विरोध जनाएपछि गीत हटाएका थिए ।

गीतमा वाइडबडीको भ्रष्टाचारीमाथि कार्वाही नभएको, सुब्बा खरदारले भ्रष्टाचार गर्ने गरेको, अरबौंको हेलिकोप्टर राष्ट्रपतिलाई किनिएको, सरकारी डाक्टरले क्लिनिकमा बिरामी बोलाउनेजस्ता कुराहरु उल्लेख गरिएको छ ।

यसैसाता उनले आफ्नो युट्युव च्यानल पशुपति शर्मा मार्फत उक्त गीत पुनः सार्वजनिक गरेका छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्