Logo

प्रदेश एकको सरकारले पनि केन्द्र सरकारको नक्कल गर्न खोजेको बिपक्षी दलहरुको आरोप


विराटनगर – केन्द्रीय सरकारको नक्कलमा प्रदेश सरकार पनि लागेको भन्दै सोमबार सुरु भएको प्रदेश १ को बजेट अधिवेशनमा विपक्षी दलहरूले प्रदेश सरकारको आलोचना गरेका छन्। पहिलो बैठकमा सहभागी हुँदै प्रतिपक्षी चार दलका नेताहरूले संसद्लाई छलेर अगाडि बढ्न प्रदेश सरकार पनि लागेको आरोप लगाए।

सरकारले संघीयताको मर्मअनुसार काम नगरेको, संघीय सरकारको प्रतिगामी कदमको साथ दिएको, कोरोना महामारी नियन्त्रणमा कुनै प्रभावकारी काम नगरेको र संसद्लाई छलेर अध्यादेशको बाटो रोजेको उनीहरूको आरोप थियो।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकार एकपछि अर्को कलाविहीन नाटकमा मात्र केन्द्रित भएको आरोप लगाए। प्रधानमन्त्री केपी ओली नाटकका लागि सिपालु रहेको भन्दै उनले प्रदेश सरकारले पनि त्यस्तो नाटक सिक्न थालेको बताए। प्रदेशसभालाई छलेर अध्यादेशमार्फत शासन गर्ने प्रयास गरेकोमा उनको आपत्ति थियो। ‘संघीय सरकारको सिको गर्दै प्रदेश सरकारले प्रदेशसभालाई छलेर अध्यादेशमार्फत शासन गर्ने प्रयास गरेको छ,’ उनले भने ‘फागुन २३ को फैसलापछि सरकार बहुमतमा रहेको बेला संसद छलेर गुमनाम बस्यो र केन्द्रको पाठ पढ्यो।’

प्रदेशका नागरिकलाई कोरोनाको खोप व्यवस्थित रूपमा नलगाइएको र खोपमा पनि विभेद भएको आङ्बोको भनाइ छ। सरकारले चन्दा दिने व्यापारीलाई लुकिछिपी खोप लगाएर अग्रपंक्तिमा खटिने प्राथमिकता प्राप्त समूहलाई छुटाएको उनको आरोप थियो। कोरोना महामारीको बेला सरकारको लापरवाहीको कारण नागरिकको ज्यान गएको भन्दै आङ्बोले कोसी कोभिड अस्पतालमा विद्युत समस्याको कारण ६ जना बिरामीको मृत्यु भएको घटनाको अनुसन्धान हुनुपर्ने माग गरे।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्