Logo

विधान मिच्नेले नैतिकताको शिक्षा लिने कि – भीम रावल


नेकपा एमालेका नेता भीम रावलले सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टबाट नैतिकताको शिक्षा लिने कि भन्दै प्रश्न गरेका छन् ।

मुख्यमन्त्री भट्टलाई विश्वासको मत पाएकोमा बधाई दिँदै विधि विधान मिच्नेलाई नैतिकताको शिक्षा लिन सुझाएका हुन् ।

“सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मत लिनुपर्ने कुरा जेठ २१ गते उठेपछि जेठ २५ गते नै विश्वासको मत लिने प्रस्ताव गरी सभाको विश्वास प्राप्त गर्नुभएकोमा मुख्यमन्त्री त्रिलोचन भट्टजीलाई हार्दिक बधाई! विधि, विधान र पद्धति मिच्नेहरूले उहाँबाट राजनीतिक नैतिकताको केही शिक्षा लिने कि ?”, उनले ट्विटमा लेखेका छन् ।

भट्टले आज विश्वासको मत पाएका छन् । जसका लागि एमालेको खनाल–नेपाल समूहका १७ सांसदले विश्वासको पक्षमा मत हालेका थिए ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्