Logo

निषेधाज्ञा पुनः एक सातालाई थप


दाङमा निषेधाज्ञा पुनः एक सातालाई थप गरिएको छ ।

जिल्ला कोभिड-१९ व्यवस्थापन समितिको मंगलबार घोराहीमा बसेको बैठकले केही खुकुलो बनाउँदै निषेधाज्ञा असार १ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।

बैठकले खाद्यान्न पसल र बैंकहरु खोल्ने समयलाई हेरफेर गरेको छ ।

खाद्यान्न पसलहरु अब हरेक दिन बिहान ६ देखि १० बजेसम्म खुला गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी एवं समितिका अध्यक्ष दीर्घनारायण पौडेलले जानकारी दिए ।

अब सबै प्रकारका बैंकहरु हरेक दिन बिहान १० देखि दिउँसो २ बजेसम्म खुला गर्ने निर्णय गरिएको पनि उनले बताए ।

होटेल, रेस्टुरेन्ट, डान्सबार, खाजाघर, कपाल काट्ने पसललगायत अरु व्यवसायहरु भने खोल्न नपाइने उनले जानकारी दिए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्