Logo

प्रचण्डको दाैडधुप बढ्यो : नेपाल भेटेपछि सिधै बूढानीलकण्ठ पुगे


काठमाडौँ – कोटेश्वरमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर प्रचण्ड देउवालाई भेट्न पुगेका हुन्।

देउवा निवासस्रोतका अनुसार अहिले दुई नेताबीच छलफल चलिरहेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले शर्तसहित पार्टी एकताका लागि आह्वान गरेपछि नेपाल पक्ष धारणा बनाउन आन्तरिक छलफलमा रहेका बेला प्रचण्ड भेटघाटका लागि कोटेश्वर स्थित नेपाल निवास गएका थिए।

त्यसपछि देउवा निवास पुगेका हुन्।

एमालेबाट कारबाहीमा परेका वरिष्ठ नेता माधवकुमार नेपालसँगको भेटपछि प्रचण्ड सिधै देउवा निवास बूढानीलकण्ठ पुगेका हुन्।

अहिले देउवा र प्रचण्डबिच वार्ता जारी छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्