Logo

गोरखनाथ मन्दिरमा सवा लाख रोट अर्पण


गोरखा: यहाँस्थित गोरखनाथ मन्दिरमा गुरु गोरखनाथलाई सवा लाख रोट अर्पण गरिएको छ ।

गोरखा दरबार परिसरमा गुरु गोरखनाथको मनपर्ने खाद्य परिकारका रुपमा लिइने रोट चढाउने परम्परालाई निरन्तरता दिँदै निषेधाज्ञाका बीच स्वास्थ्य मापदण्डको पालना गरी गोरखनाथलाई रोट चढाइएको हो ।

मन्दिरमा दैनिक रोट चढाउने प्रचलन रहेपनि गएको १८ बर्षदेखि यसलाई महोत्सवकै रुपमा समेत अगाडि बढाइँदै आएको आयोजक सिद्धाश्रम शक्तिकेन्द्र गोरखाका संयोजक किशोरकुमार अकेलाले जानकारी दिए ।

गोरखनाथ पृथ्वीमा पहिलो पटक गोरखाको पवित्रस्थल गोरखगुफामा प्रकट भएको धार्मिक मान्यता छ । भुङ्ग्रे र तावा गरी दुई प्रकारका हुने जनाइएको छ ।

तत्कालीन नेपाल एकीकरणका समयमा सैनिकलाई प्रसादका रुपमा एउटा रोट र एक माना पानी खुवाएपछि भोक नलागेको  तथा लामो समयसम्म लडाइँ लड्न सकेको भनाइ  छ । रासस

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्