Logo

अबैज्ञानिक स्थानिय ग्रामिणसडक बिस्तारले निम्त्याएको बिनास माथि मौलाउँदो भ्रष्टाचार


 

उद्बब बिश्वकर्मा
दोलखा – देशमा दशबर्षिय सशस्त्र बिद्रोह पस्चात जब शान्ति प्रक्रियामा आयो २०६४ साल चैत २८ सबिधानसभाको निर्वाचन पछाडि देशका पार्टी तथा दलहरुको मुख्य एजेन्डा नै नागरिक लाई सहज ढंगले यातायातसम्मको पहुँच पुर्याउने एउटा नारा स्थापित भयो।

आम समुदायमा यसको छाप राम्रै बस्न गयो। हप्तादिन लगाएर एकबोरा नुनल्याएर आफ्नो गुजारा चलाएको र सामान्य रोग लाग्दा समेत यातायातको असुबिधाको कारण स्वास्थ्यसंस्थाको अनुहार नदेखिकन ज्यान गुमाउनु परेको तितो अनुभव त जनमानसमा छदै थियो।देशको अधिकांश सहरदेखि गाउँ जोड्नको लागि सडक बिस्तारको काम चल्यो। भ्रष्टाचार सुसासन स्थिर सरकार कायम गर्ने भन्दापनी जनसमुदायमा सस्तो लोकप्रियताको लागि प्रत्येक नागरिकको घरघरमा सडक पुर्याइदिन्छौ भन्ने किसिमको चुनावी एजेन्डाको रुपमा बिकास हुँदै गयो र अझै यो क्रम जारि छ।

समग्र बिकासको मुख्य पुर्बधार सडक नै भएता पनि सडक निर्माणको आवस्यक मापदण्ड पुरा नगरि जथाभावी डोजर स्काभेटर प्रयोग गरिएको कारण कतिपय पहिरोले अर्को डरलाग्दो परिस्थिति निम्त्याएको, ठाउँहरुमा घरबार बिहिन समेत भएको उदाहरण पनि प्रसस्तै छन।अबैज्ञानिक योजनाको जगमा ठेगेदारहरुको लापार्बाहि गुणस्तरहिन सामाग्री प्रयोग देखि बिकाशको नाममा डोजरको मालिक जनप्रतिनिधिहरु नै हुने। खर्चको लागत तथा कामको गुणस्तरलाई हेर्ने हो भने बढी खर्चिलो र कम बिकास हुने,  सडक योजना नै भ्रस्टाचारको मुख्य जालो बन्न पुगेको अवस्था छ। बिकाश निर्माण कार्यको नियमन गर्ने उपभोजक्ता समिति गठन गरे पनि सहि नियमन हुन नस्क्दा उल्टै उपभोक्ता समिति पनि भ्रष्टचारमा संलग्न भ​एका छ्न कि? भन्ने स्थानिय बासिहरुको गुनासो छ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्