Logo

सिन्धुलिमा प्रधानमन्त्रि ओलि र उपप्रधानमन्त्रि महतोको पुत्ला जल्यो


सिन्धुली — अज सिन्धुलीमा प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा शहरी विकास मन्त्री राजेन्द्र महतोको पुत्ला दहन गरिएको छ ।

बहुराष्ट्र र बहुराज्य बनाउन मुक्ति आन्दोलन गर्नुपर्ने महतोले दिएको अभिव्यक्ति र कोरोना महामारीको समयमा बढेको महँगी फिर्ता माग गर्दै प्रधानमन्त्री ओलीको कांग्रेसले सुनकोसी गाउँपालिका झाँगाझोली रातमाटामा पुत्ला दहन गरेको हो । उनीहरुले केही बेर बीपी राजमार्गमा चक्का जाम गरेका थिए ।

कोरोना संकटका बेला महँगी बढेको, चुरे उत्खनन गरी ढुंगा, गिट्टी र बालुवा निकासी गर्न दिने सरकारी निर्णयको विरोध र महतोले मन्त्री भएलगत्तै बहुराष्ट्र र बहुराज्य बनाउने भनी दिएको अभिव्यक्ति प्रति कांग्रेसले आपत्ति जनाएको हो ।

पुत्ला दहन र सडक अवरुद्ध गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । केहीबेर आन्दोलनकारी र प्रहरीबीच धकेलाधकेल भएपनि कुनै अप्रिय घटना नभएको कांग्रेस नेता बोधविक्रम थापाले जानकारी दिए । बीपी राजमार्ग यातायात सुचारु भएको प्रहरीले जनाएको छ ।​

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्