Logo

ओली नेतृत्वले अहिले संसद् विघटन मात्र होईन यो ब्याबस्था नै बिघठन तर्फ लगिरहेको नेता भट्टराईको आरोप


गोरखा — पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीष परिषद् अध्यक्ष बाबुराम भट्टराईले व्यवस्था नै विघटनतर्फ लैजाने प्रत्यन भइरहेको बताएका छन् । सोमबार गृहजिल्ला गोरखामा पत्रकार भेटघाटमा बोल्दै नेता भट्टराईले केपी ओलीको नेतृत्वमा अहिले संसद् विघटन मात्र नभइ व्यवस्था नै विघटनतर्फ लैजाने प्रयत्न भइरहेको बताएका हुन् ।

‘संसद् विघटन हुनु, चुनाव हुनु ठुलो कुरो हैन । लोकतन्त्र बहुदलमा सत्ताधारी पार्टी विघटनामा जान्छ, सरकार गिर्छ, चुनाव हुन्छ भने त प्रतिपक्षले स्वागत गर्नुपर्ने हो,’ उनले भने, ‘पटक–पटक संविधान मिचेर संसद् विघटन गर्ने प्रावधान कुल्चने काम भइरहेको छ, यसमा अदृश्य शक्तिसँग अस्वभाविक किसिमको साँठगाँठ छ ।’ नाटकीय ढंगले विपरित धुव्रमा उभिएकाहरु अकस्मात अस्वभाविक ढंगले एक ठाउँमा आएको र यसले संसद् विघटन मात्र नभइ व्यवस्था नै विघटनतर्फ लाने प्रयत्न भएको उनले बताए ।

‘७ साल देखि नै हेर्नुभयो भने देशभित्र क्रान्ति र प्रतिक्रान्तिको लडाइँ निरन्तर भइरहेको छ । ०६२–६३ को जनआन्दोलन पछि संविधान निर्मण र जारी हुँदा पुराना प्रतिगामी शक्तिलाई संघीयता, समावेशिता मन परेको थिएन । देशभित्रका यी शक्ति र देश बाहिरका सुगौली सन्धीदेखि यता जुन शक्तिले आफ्नो प्रभुत्व राख्दै आए, तिनीहरुलाई नेपाल सवल र स्वाभिमानी बनेको मन परेको थिएन,’ उनले भने,‘बाहिरी रुपमा राष्ट्रवादको कुरा गर्ने, चुच्चे नक्सा के के नै गरे भनेर भ्रम छरेपनि अन्त्यतः तिनै बहिरी शक्तिसँग साँठगाँठ गरेर यो हर्कत भइरहेको यथार्थ हो ।’

प्रधानमन्त्री र राष्ट्रपतिजस्तो संस्थाको दुरुपयोग गरेर अदृश्य ढंगले वैदेशिक शक्तिसँग साँठगाँठ गरेर त्याग बलिदानबाट प्राप्त गरेको गणतन्त्र र संविधानलाई ध्वस्त पार्ने र नेपालालई डरलाग्दो अध्याँरो सुरुङभित्र धकेल्ने गुरुयोजना अनुसार देश त्यो दिशातर्फ गइरहेको उनको भनाइ छ । ‘त्यसलाई रोक्न हाम्रो पनि तागत पुगेन होला, आवाज पुगेन होला, त्यो बेग्लै पाटो तर पनि समस्या ज्यूँ का त्यूँ छ,’ उनले भने ।

यस्तै उनले अदृश्य शक्तिको चलखेल र सत्तालिप्साले आफ्नो पार्टीको एक ‘टुकडी’ सरकारमा गएर प्रधानमन्त्री केपि शर्मा ओलीको मतियार बनेको उनले दाबी गरे ।

उनले ‘प्यादा’ शक्तिको रुपमा उनीहरुलाई सरकारमा पठाइएको आरोप लगाए । ‘ती प्यादाको रुपमा पठाइएको शक्ति हुन्, दुःखका साथ भन्नुपर्छ, म आफैं हिजोका मधेश, जनयुद्ध, थरुहट आन्दोलनमा लागेकाहरु एक ठाउँमा आएर वैकल्पिक शक्ति बनाउनुपर्छ भनेर लागेको हो,’ उनले भने,‘केपी ओली र जसपाको एक टुकडी एक अर्कासँग ठिक विपरित धुव्रमा उभिन्थे, आकस्मिक रुपमा अपारदर्शी ढंगले कसरी लगनगाँठो जोडियो प्रस्ट देखिन्छ, प्रतिगमनको मतियारको रुपमा केपी ओली र जसपाको तप्का लागे ।’

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्