Logo

मन्त्री शेरबहादुर तामाङद्वारा तेस्रो दिनमै सम्पत्ति विवरण सार्वजनिक


स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले मन्त्री भएको तेस्रो दिनमै सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

मन्त्री भएपछि पहिलोपटक भर्चुअल पत्रकार सम्मेलन गर्दै मन्त्री तामाङले सोमबार आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

आम निर्वाचनबाट केपी ओली नेतृत्वको सरकार बनेलगत्तै उनि कानून, न्याय तथा संसदीय मामिला मन्त्री भएका थिए।

कानून मन्त्री भएलगत्तै पनि उनले सम्पत्ति विवरण सार्वजनिक गरेका थिए ।

पहिलोपटक न्यायाधीशको सम्पत्ति विवरण सार्वजनिक गर्ने कानून निर्माण गर्ने तयारी गरे पनि पूरा हुन पाएको थिएन ।

मन्त्री तामाङले मन्त्रालयले गर्ने सबै काम पारदर्शी हुने बताएका छन्। ‘निष्ठापूर्वक, नियमपूर्वक गर्दा पनि त्रुटि भयो भने खबरदारी गर्न आम नागरिकलाई अपिल गर्दछु,’ उनको भनाइ छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्