Logo

महन्थ ठाकुर पक्षीय सांसद द्वारा प्रदेशसभा बैठक बहिष्कार


जनता समाजवादी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर समूहका प्रदेशसभा सदस्यहरूले बैठक बहिष्कार गरेका छन् ।

सोमबार देखि सुरु भएको बजेट अधिवेशन ठाकुर समुहका सांसदहरूले अनुपस्थित भएर बहिष्कार गरेका हुन् ।

महन्थ–राजेन्द्र महतो निकट चार मन्त्री बर्खास्त भएपछि अगामी रणनीति तय गर्न आज बैठक बसेको थियो ।

पुर्वमन्त्री जितेन्द्र सोनलको नेतृत्वमा बसिएको बैठकले अगामी बैठकमा सहभागि नभएर बहिष्कार गर्ने निर्णय भएको पूर्व राज्यमन्त्री सुरेश मण्डलले जानकारी दिए ।

प्रदेशसभामा बसेको बैठकमा तत्कालिन राजपाबाट निर्वाचित २५ जना सांसदमध्ये १५ सहभागी थिए ।

जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव समुहले मन्त्री बर्खास्त गरेर कांग्रेस र माओवादीलाई सरकारमा ल्याउने अन्तिम चरणमा पुगिसकेका छन् ।

बजेट अधिवेशन सुरु भइसकेको छ ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्