Logo

मुख्यमन्त्री त्रिलोचन भट्टले भोलि विश्वासको मत लिदै


सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्।

मुख्यमन्त्री भट्टले मंगलबार संसदबाट विश्वासको मत लिन पठाएको पत्र आइतबार दर्ता भइसकेको प्रदेश सभा सचिवालयले जनाएको छ।

प्रदेश सभामा ओली पक्षका एमाले सांसदले समर्थन फिर्ता लिएको कुरा सचिवालयमा दर्ता भएको भनेपछि प्रतिपक्षी दलले पनि मुख्यमन्त्री भट्टलाई यसबारे विचार गर्नु पर्ने सुझाव दिएका थिए।

आठौं अधिवेशनको शुक्रबार बसेको दोस्रो बैठकमा बोल्दै सांसद पठानसिंह बोहराले एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षका रूपमा रहेको बताएका थिए।

मुख्यमन्त्री भट्टको सचिवालयले प्रदेश सरकारसँग बहुमत रहेको दाबी गरेको छ।

वर्तमान अवस्थामा माओवादी केन्द्र नेतृत्वको प्रदेश सरकारलाई एमाले माधव नेपाल पक्षले पूर्ण समर्थन गरेको छ।

सरकारमा माओवादी केन्द्रबाट मुख्यमन्त्री र अरू चार मन्त्री रहेका छन् भने एमालेबाट सात जना मन्त्री रहेका छन्।

११ जना सदस्य रहेको मन्त्रीमण्डलमा ७ जना मन्त्री र चार जना राज्यमन्त्री भएर जिम्मेवारी सम्हालेका छन्।

विश्वासको मत लिन मुख्यमन्त्रीलाई २७ मत आवश्यक छ।

सभामा एमालेका सभामुखसहित २५ जना सांसद रहेकोमा ओली पक्षका ७ र माधव नेपाल पक्षका १८ जना रहेका छन्।

कांग्रेसका १२ र जसपाका २ जना प्रदेशसभा सदस्य रहेका छन्।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्