फोटो र भिडिओ सम्पादन गरेर दु’रूपयोग गरे कारवाही गरिने

नेपाल प्रहरीको साइबर ब्यूरोले फोटो र भिडिओ सम्पादन गरेर दु’रूपयोग नगर्न अनुरोध गरेको छ।
सोमबार ब्यूरोका प्रवक्ता तथा सुचना अधिकारी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले सोमबार एक सूचना जारी गर्दै तस्विर/भिडिओलाई सम्पादन गरेर दु’रूपयोग नगर्न भनेका छन्।
पछिल्लो समय फेसबुक, टिकटक, युट्युब लगायतमा विभिन्न व्यक्तिहरूको फोटो, भिडिओ दु’रूपयोग गर्दै प्रकाशन तथा प्रशारण गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ।
कानुनले रोक लगाएका सामाग्री सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री, कसैप्रति घृ’णा वा द्वे’ष फैलाउने उद्देश्यबाट प्रकाशन, प्रसारण गरेको पाइएको भन्दै ब्यूरोले त्यस्तो नगर्न अनुरोध गरेको छ।
त्यस्ता काम गर्नेलाई प्रहरीले कारवाही गर्दै आएको छ। फोटो, भिडिओको दु’रूपयोग गरेको सूचना, निवेदनमा अनुसन्धान हुँदै गरेको एसएसपी अर्यालले बताएका छन्।
त्यस्ता गतिविधि गरेको पाइएमा विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गत कारवाही गर्ने चेतावनी दिएको छ।