Logo

लोकतन्त्र र क्रान्तिका सबै उपलब्धिहरु सं’कटमा परेकोले पार्टीलाई एकताबद्ध बनाउन दोस्रो पुस्तालाई हस्तान्तरण गर्नुपर्छ – भीम आचार्य


नेकपा एमालेका खनाल–नेपाल समूहका प्रदेश–१ संयोजक भीम आचार्यले पार्टीलाई एकताबद्ध बनाउन दोस्रो पुस्तालाई हस्तान्तरण गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।

उनले सोमबार सामाजिक सञ्जालमार्फत नेतृत्वले अभिभावकत्व ग्रहण गरी दोस्रो पुस्तालाई नेतृत्व दिनुपर्ने मध्यमार्गी प्रस्ताव अघि सारेका हुन् ।

“क. केपी ओली, क. झलनाथ खनाल, क. माधव नेपाल, क. वामदेव गौतम र क. अमृत बोहोराजस्ता प्रथम पुस्ताका नेताहरुले पार्टीको सम्मानित अविभावकत्व ग्रहण गरी नेतृत्व दोस्रो पुस्तालाई हस्तान्तरण गर्न,” उनको सुझाव छ ।

देशकै प्रमुख पार्टीभित्रको विवाद र सं’कटले लोकतन्त्र र क्रान्तिका सबै उपलब्धिहरु सं’कटमा परेको उनको निष्कर्ष छ ।

उनले ०७७ फागुन २३ को सर्वोच्च अदालतको निर्णयपछि भएका सबै खाले गुटगत निर्णयहरु खारेज गरी महाधिवेशनले निर्वाचित गरेको केन्द्रीय कमिटी र निकायहरु तथा आफ्नो अधिवेशन या प्रकृयाबाट आएका जनसंगठन तथा मातहत कमिटीलाई स्थापित गर्नुपर्ने सुझाव पनि दिएका छन् ।

त्यस्तै नेताहरुले अ’हंकार त्यागेर एकताबद्ध हुनुपर्ने उनको सुझाव छ ।

“नेताहरुले अ’हंकार, घमण्ड, चरम महत्वकांक्षा, ईर्ष्या, लघुताभाष र इगो त्याग गरी पार्टीलाई एकतावद्ध बनाउँदै परिवर्तनकारी शक्तिको रुपमा अगाडि बढाउन सहयोग गर्ने,” उनले सुझावमा भनेका छन् ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्