Logo

दोलखामा बन्दाबन्दिको मौका छोपी सिकारीहरु सक्रिय


उद्बब बिश्वकर्मा

दोलखा –  दोलखा जिल्लाको अधिकाङ्स सामुदायिक बन तथा बनसंरक्षण क्षेत्रमा योबेला सिकारिहरुको आवतजावत बढ्नुको साथै भरुवा बन्दुकको आवाजहरु प्रसस्त सुन्न सकिन्छ। सुख्खा मौसममा बन क्षेत्रमा डढेलो लागेको र टाढैबाट बन्यजन्तु देखिने र सिकारहरुको सिकारी प्रती मनोबल आकर्शित हुने परिपाटीलेगर्दा योबेला चोरीसिकारीमा वृद्धि भएको हो।जिल्लाको प्राय पहाडी तथा हिमाली क्षेत्रहरूमा घोरल मृग कालिज लगायतका बन्यजन्तु प्रसस्त पाइनेमा हाल दिनानु दिन त्यसको सङ्ख्या घट्दै जाने र भबिस्यमा ती जनावरहरुको अवस्था नै लोपहुनसक्ने बन्यजन्तुको विषयमा चासो राख्ने ग्रामीण क्षेत्रको अगुवाहरुको भनाइ छ।

बन्दाबन्दिको कारणले शहरी क्षेत्रमा बसोबास गर्दै आएको युवाहरू पनि गाउमा आएको र गाउका युवाहरूकोपनि यो बेला कुनै कामको अबसर नहुनाले उनिहरुको बैकल्पिक पेसा नै बनजङ्गल जाने र जन्तुहरुको सिकार गर्ने रोजिरोटी नै बनेको छ। लगडाउन हुनुपुर्ब संरक्षण  क्षेत्र सम्बद्ध अधिकारीहरुको आवतजावत भैराख्ने प्रहरीहरु गाउगाउमा घुमिराख्ने तर यो बेला कोहि पनि बाहिरको ब्यक्तिहरु नआउने हुनाले निर्धक्क ढंगले सिकार गर्ने मौका पाइरहेका छ्न। सम्झाएको कुराहरु अहिलेका युवाहरुले कुनै चासो नदिने र कानुनी

कार्बाही गर्छु भनेर आक्रोश ब्यक्त गर्यो भने आफै प्रती आइलाग्न खोज्ने केही युवाहरुको मनस्थितिले गर्दा बन्यजन्तु जोगाउनै मुस्किल भएको गौरीशंकर सरक्षण क्षेत्र ब्यायबस्थापनका एक अध्यक्षले बताए।  उनका अनुसार एक जना दुई जना भएपो सम्झाउन बुझाउन सकिन्छ तर टोलनै सिकारी भएपछि हाम्रा कुरा कसले सुनिदिने सम्बन्धि निकायमा खबर गर्यो कुनै प्रतिक्रिया आउदैन यत्रोबिधी बन आगोलागी भयो एकदिन अनुगमनमा आएको हैन आफ्नो एक्लो प्रयासले के नियन्त्रण हुन्थ्यो भन्ने उनको गुनासो छ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्