Logo

सिराहा मिर्चैयाका औषधि व्यवसायीमाथि अज्ञात समूह द्वारा गोली प्रहार


सिराहा- मिर्चैयामा रहेको एक औषधि व्यवसायीमाथि गोली प्रहार भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मिर्चैया नगरपालिका–५ कटारी चोक र थाना चोकबीचमा रहेको सिद्धि मेडिकोका सञ्चालकमाथि गोली प्रहार भएको हो ।

अज्ञात समूहले शनिबार साँझ साढे ७ बजेतिर गोली प्रहार गर्दा मेडिकोका सञ्चालक ४० वर्षीय रामसागर साफी घाइते भएका छन् । उनको हातमा र तिघ्रामा गोली लागेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । घाइते साफीको मिर्चैयामै रहेको मंगलम हेल्थ केयरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

स्थानीयअनुसार विद्युत् ट्रिप (काटिएको) मौकामा अज्ञात समूहले साफीमाथि गोली प्रहार गरी फरार भएका छन् । इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेन्द्र श्रेष्ठले गोली लागेर घाइते साफीको उपचार भइरहेको र गोली प्रहार गर्नेको खोजी भइरहेको बताए ।

औषधि व्यवसायी साफीमाथि गोली प्रहार किन भएको भन्ने खुल्न सकेको छैन । गोली प्रहार भएको स्थान इलाका प्रहरी कार्यालय मिर्चैयादेखि डेढ सय मिटरको दूरीमा मुख्य सडकमै रहेको छ । प्रहरीको उपस्थिति भइरहने कटारी चोक र थाना चोकको बीचमा गोली प्रहार हुँदा स्थानीय त्रसित बनेका छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्