Logo

डोनाल्ड ट्रम्पको फेसबुक अकाउन्ट अझै दुई वर्षको लागि प्रतिब’न्ध


अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक अकाउन्ट अझै दुई वर्षको लागि प्रतिब’न्ध रहने भएको छ।

सार्वजनिक सुरक्षामाथि हुने ख’तरा कम भएमा डोनाल्ड ट्रम्पको अकाउन्टमाथि लागेको प्रतिबन्ध सन् २०२३ जनवरीतिर हटाउने फेसबुकले घोषणा गरेको हो।

शुक्रबार फेसबुकले आफ्नो ब्लग पोष्टमार्फत् दुई वर्षपछि ट्रम्पको फेसबुक र इन्स्टाग्राम अकाउन्ट पुनःस्थापित गर्ने बताएको एप्पल इन्साइडरले लेखेको छ।

त्यो समयमा पनि फेसबुकले सार्वजनिक सुरक्षा जोखिमहरु पुनःमूल्यांकन गरेर मात्र डोनाल्ड ट्रम्पलाई सेवाहरु चलाउन अनुमति दिने छ।

‘हामी हिंसाका घटनाहरु, शान्तिमय सभामा गरिने प्रतिबन्ध लगायत नागरिक अशान्तिका अन्य बाहिरी कारकहरुका मूल्यांकन गर्नेछौँ,’ फेसबुकले आफ्नो ब्लग पोष्टमा लेखेको छ, ‘यदि हामीले सामाजिक सुरक्षामा अझै ग’म्भीर जो’खिम रहेको पाएमा निश्चित समयका लागि प्रतिबन्ध फेरी बढाउने छौँ र जोखिम कम नभएसम्म पुनःमूल्यांकन गर्नेछौँ।’

यदि ट्रम्पले सेवा चलाउने अनुमति पाएपछि समेत प्लेटफर्मको कन्टेन्ट मोडरेसन दिशानिर्देशहरुलाई उल्लंघन गरे भने उनलाई कडा प्रतिबन्ध लगाइने फेसबुकले टिप्पणी गरेको छ।

फेसबुकले ट्रम्प प्रतिबन्धबारे गरेको यो पहिलो घोषणा हो।

गत जनवरी ६ मा ट्रम्पका समर्थकले अमेरिकाको संसद भवनमा डेमोक्र्याटिक उम्मेद्वार जो बाइडेन विजयी भएको घोषणा गर्न बसेको कंग्रेसको संयुक्त बैठकलाई बिथोल्न सुरक्षा बार तोड्दै आक्रमण गरेका थिए।

त्यसपछि फेसबुक र इन्स्टाग्रामसहित अन्य सामाजिक सञ्जालहरुले ट्रम्पको अकाउन्ट बन्द गरिदिएका थिए।

सामाजिक सञ्जालहरुले प्रतिबन्ध लगाएपछि डोनाल्ड ट्रम्पले आफ्नै वेबसाइट खोलेका छन्।

केही महिनाअघि उनले अनलाइनमार्फत् सञ्चार गर्न ‘डोनाल्डजेट्रम्प डट कम’ वेबसाइट सुरु गरेका हुन्।

सो वेबसाइटमा ट्रम्पका फोटो, भिडियो र उनका सन्देशहरु समावेश गरिएका छन्। ट्रम्पले त्यहाँ गरेका पोष्टलाई फेसबुक र ट्वीटरमा सेयर गर्न मिल्ने बनाइएको छ।

एजेन्सी

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्