Logo

प्रधानमन्त्री ओलीसँग राजेन्द्र महतोको अभिव्यक्तिबारेमा स्पष्टीकरणको माग


विभिन्न आठ पार्टीका विद्यार्थी संगठनहरुले उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्ति संविधानविपरीत तथा देशको राष्ट्रियता, सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकता्वि’रोधी भन्दै भर्त्सना गरेका छन् ।

जुम बैठकपछि नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगाना, अखिल (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल, अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवी ढकाल, अखिल (पाँचौँ)का अध्यक्ष घनश्याम मिश्र, अखिल (छैटौँ) अध्यक्षका अध्यक्ष विमल पोखरेलले एक वक्तव्य जारी गर्दै उपप्रधानमन्त्री महतोको अभिव्यक्तिले उनको व्यक्तिगत धारणा मात्रै नभएर प्रधानमन्त्री केपी शर्मा ओली सरकारको नि’रंकुश, स्वेच्छाचारी र विदेशमुखी प्रवृत्तिको उजागर गर्ने ठहर गरेका छन् ।

उनीहरुले प्रधानमन्त्री ओलीसँग महतोको अभिव्यक्तिबारेमा स्पष्टीकरणको माग पनि गरेका छन् ।

त्यस्तै दैनिक उपभोग्य वस्तुहरुमा निरन्तर मूल्यवृद्धि भइरहेको समयमा पेट्रोलियम पदार्थमा थप मूल्यवृद्धिले उपभोक्तालाई दोहोरो मारमा पारेको वक्तव्यमा उल्लेख छ ।

मूल्यवृद्धि गरिनु जनतामाथि गरिएको गम्भीर अ’पराध भएको उनीहरुको ठहर छ ।

त्यस्तै, निजी स्कुलहरुले विद्यालय बन्द भएको अवधिको शुल्क निरन्तर असुल बन्द गर्न चेतावनी दिन दिएका छन् ।

साथै, त्रिभुवन विश्वविद्यालयसहित अन्य विश्वविद्यालयहरुले ‘लकडाउन’को कारण स्थगित परीक्षा उचित मापदण्ड बनाई लिने व्यवस्था गर्न उनीहरुको माग छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्