राउटे युवतीलाई होटेलमा दु’र्व्यवहार गरेकोआरोपमा तीनजना प’क्राउ

प्रहरीले राउटे समुदायका युवतीलाई होटेलमा अ’श्लील क्रियाकलाप गरेको आरोपमा तीनजनालाई आज सुर्खेतमा प’क्राउ गरेको छ ।
प’क्राउ पर्नेमा गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भूपेन्द्र बुढा र २९ वर्षीय विनोद पुन छन् । पुन होटेल सञ्चालकसमेत हुन् ।
उनीहरुले दुई राउटे युवतीलाई प्रलोभनमा पारी मदिरा सेवन गराएर यौ’नजन्य दु’र्व्यवहार गरेको भिडियो बनाएको आरोप लगाइएको छ ।
होटेलभित्र अ’र्धनग्न अवस्थामा युवाले राउटे युवतीलाई अ’श्लील क्रियाकलाप गर्न बाध्य पारेको भिडियो सार्वजानिक भएपछि प्रहरीले शनिबारदेखि घटनाको अनुसन्धान सुरु गरेको थियो ।
प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले घटनाको विस्तृत अनुसन्धान भइरहेको र दो’षी युवामाथि कानुनबमोजिम कारबाही हुने जानकारी दिए ।
पछिल्लो समय राउटे युवतीहरुलाई युट्युब, टिकटकका लागि भिडियो छायांकन गर्न भन्दै बस्तीमा जाने, विभिन्न प्रलोभनमा पारी यौ’नजन्य दु’र्व्यवहार गर्ने गरेको पाइएको छ ।
राउटे नेपालकै एक मात्र फिरन्ते समुदाय हो । गुर्भाकोट–११, जनैघाटमा बस्दै आएका राउटे हाल १४३ संख्यामा छन् । रासस