Logo

‘कोभिड- भ्रम र यथार्थ’ विषयक बृहत् अनलाइन परामर्श कार्यक्रम सम्पन्न


डिभाइन युथ क्लब नेपालले ‘कोभिड : भ्रम र यथार्थ’ विषयक बृहत् अनलाइन परामर्श कार्यक्रम सम्पन्न गरेको छ ।

शनिबार सम्पन्न कार्यक्रममा डिभाइन युथ क्लब नेपालअन्तर्गतको मेडिकल समूहमा आबद्ध डा .अमित श्रेष्ठ, डा . सुदीपचन्द्र श्रेष्ठ, डा . अमिता थापा, डा . सञ्जय थापाले स्वास्थ्य सजगताबारे आफ्नो दृष्टिकोण प्रस्तुत गरेका थिए ।

प्रस्तोताहरूले कोभिड–१९ विरुद्ध आध्यात्मिक चिन्तन र साधनाबाट आत्मबल बढाउन सकिने, मास्क लगाउने, हातको नियमित सफाइ गर्ने, सामाजिक दूरी कायम गर्ने, पौष्टिक आहार तथा शारीरिक एवं श्वासप्रश्वासको अभ्यास नै भाइरसबाट बाँच्ने सुरक्षाकवच भएको बताएका थिए ।

कार्यक्रममा कोभिडलगायतका विभिन रोगहरूलाई परास्त गर्न आवश्यक सकारात्मक चिन्तन, आत्मबल वृद्धि तथा तनावरहित रहने उपायका रूपमा तिनको छोटो तर व्यावहारिक साधनाको अभ्यास गराइएको थियो ।

भर्चुअल रूपमा सम्पन्न कार्यक्रममा राधा माधव समितिका राजेन्द्रसिंह भण्डारी, सुरेशप्रकाश आचार्यसहित कुमार शर्मा, डीबी थापा, नवराज पुडासैनीलगायतले बोलेका समितिका मुकुन्द अर्यालद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्