Logo

नेता शाहले दिए अध्यक्ष ओलीले सोधेका स्पष्टीकरणको जवाफ


 नेकपा (एमाले )सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहले अध्यक्ष केपी शर्मा ओलीले सोधेका स्पष्टीकरणको जवाफ दिएका छन् ।

अध्यक्ष ओलीद्वारा सोधिएको स्पष्टीकरणको जवाफ शाहले एमाले प्रदेश कमिटीका सचिव राजेन्द्र रावललाई आज मेलमार्फत दिएका हुन् ।

सचिव रावलले अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल र एमाले पार्टी सचिव शेरबहादुर तामाङलाई स्पष्टीकरण पठाइएको जानकारी दिए ।

अध्यक्ष ओलीले शाहलाई पार्टी स्थायी कमिटीले समर्थन फिर्ता लिइसकेको विपक्षी दलको प्रदेश सरकारको मन्त्री पदमा किन रहेको भनी सोधनी गर्दै गुटका भेलामा सहभागी हुने र अरूलाई समेत सहभागी हुन उत्प्रेरित गर्ने गरेको आरोपका साथ स्पष्टीकरण थियो । रासस

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्