Logo

खनाल–नेपाल समूह नयाँ पार्टी गठन गर्दै


सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)का असन्तुष्ट समूह (खनाल–नेपाल पक्ष)ले नयाँ पार्टी गठन गर्न अदालतको फैसला कुर्ने भएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध अदालतमा मुद्दा विचाराधीन रहेकाले नयाँ आन्दोलन विकास गर्न अहिले नै हतारिन नहुने निष्कर्षमा पुगिएको एक नेताले बताए ।

“यसबीचमा हामीले एकता प्रयास पनि जारी राख्यौँ । तर, पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रतिगमनको रवैया जारी राख्नुभयो ।

उनले आफ्ना त्रुटि, प्रतिगमनकारी क्रियाकलाप नसच्याइ उनीसँग सार्थक वार्ता सम्भव छैन । तर, हामी अहिले नै पार्टी दर्ता गरिहाल्ने अवस्थामा पनि छैनौँ ।”

हामी आन्तरिक तयारी जारी राख्छौँ । वार्ता, संवादमा रहेका साथीहरूले एकताको प्रयास पनि गर्नुहुन्छ । एकता भए राम्रै कुरा पनि हो तर, ओलीजीले गल्ती नसच्याइ एकता पनि हुँदैन” उनले भने ।

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्