Logo

रहेनन प्रजातान्त्रिक सेनानी श्रेष्ठ


नेपाली कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य एवं प्रजातन्त्र सेनानी महेश्वरलाल श्रेष्ठको ८४ वर्षको उमेरमा नि’धन भएको छ ।

श्रेष्ठको शनिबार बिहान ८ बजे काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा नि’धन भएको कांग्रेसले जनाएको छ ।

नेपालको प्रजातान्त्रिक आन्दोलनका एक अथक योद्धा, कांग्रेस चितवनका सल्लाहकार समितिका संयोजकसमेत रहेका श्रेष्ठ कांग्रेसमा एक सरल र निष्ठावान् नेताका रुपमा चिनिन्थे ।

नेपालमा प्रजातन्त्र प्राप्तिका लागि भएका संघर्ष र आन्दोलनहरुमा सक्रिय योगदान पुर्‍याएका थिए ।

तत्कालीन पञ्चायती व्यवस्थाले उनको सर्वश्वहरण गरेको थियो । लामो समयसम्म प्रवासमा बस्नुका साथै उनले जेल जीवनसमेत व्यतित गरेका थिए ।

उनको नि’धनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुः’ख व्यक्त गरेका छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्