Logo

जनताको सेवक बने उपाध्यक्ष बुढा


जुम्लाको तिला गाउँपालिकाका उपाध्यक्ष विष्णु बुढा यतिबेला कोरोना सङ्कटमा जनताको सेवक बनेका छन् ।

गाउँपालिकाभित्रका कोरोना संक्रमितको मनोबल उच्च बनाउन घरदैलो अभियानदेखि संक्रमितको स्वास्थ्य अवस्था बुझ्दै संक्रमितका परिवारलाई सहानुभूति दिंदै आएका छन् ।

कोरोना कहरको पहिलो चरणमा सचेतना कार्यक्रम लिएर जनताको घरदैलोमा पुग्नुभएकी उपाध्यक्ष बुढा दोस्रो लहरमा पनि संक्रमितलाई भेटेर कोरोना संक्रमण फैलन नदिनको लागि उच्च सतर्कताका साथ स्थानीयवासीसँग सहकार्य र समन्वय गर्दै आएका छन् ।

कोरोना संक्रमित व्यक्तिदेखि अन्य स्थानीयवासीसँंग गाउँपालिकाका स्वास्थ्यकर्मी लिएर स्वास्थ्य परामर्श दिंदै उनले लक्षणअनुसारको औषधि उपलब्ध गराउँदै आएका छन्। आफूले कोरोना संक्रमितलाई एक क्यारेट अण्डा, औषधि र स्वास्थ्य परामर्श दिनहुँ दिदै आएको उपाध्यक्ष बुढाले बताए ।

उनले भने,“कोरोना संक्रमित भन्ने बित्तिकै गाउँमा फरक तरिकाले हेर्ने गरिन्छ। कोरोना एक प्रकारको रोग हो। रोग लाग्दैमा मान्छे मर्दैन तर कोरोना देखिएको बेला अत्यधिक लापरवाही गरेको खण्डमा ज्यान पनि जान सक्छ ।”

संक्रमित र संक्रमित परिवारले सचेत हुन जरुरी रहेकाले घरदैलो अभियान शुरु भएको उनको भनाइ छ। उपाध्यक्ष बुढासँगै स्वास्थ्य संयोजक गणेशबहादुर शाही, अहेब उत्तम देवकोटा पनि संक्रमितको घरदैलोमा जाने गरेका छन् ।

उपाध्यक्ष बुढाले भने,“कोरोना सामूहिक समस्या भएकाले सामूहिक रुपमा प्रतिरोध गर्नुुपर्छ। स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्नुपर्छ।” संक्रमितको स्वास्थ्यमा जटिल प्रकारको समस्या आउने बित्तिकै आफूलाई खबर गर्न आग्रह गर्छन् ।

कोरोना संक्रमणका कारण दिनहुँ ज्यान गइरहेको छ। जटिल समस्या आएपछि खबर गर्नुहोला अस्पतालसम्म लैजाने व्यवस्था स्थानीय सरकारले गर्ने गरेको छ। होम आइसोलेसनमा बसेका संक्रमितले उच्च सतकर्ता अपनाउनु पर्ने उपाध्यक्ष बुढाले बताए ।”

उनि गाउँपालिकाको नौवटै वडाको घरघरमा पुगेर सङ्क्रमित भएर घरमा बस्नेले ध्यान दिनुपर्नेबिरामीको मनोबल उच्च बनाउने कार्य गरेकामा खुसी व्यक्त गर्दै भने, “जनप्रतिनिधिले यसरी कुराहरुदेखि घरबाहिर निस्कदा मास्कको अनिवार्य प्रयोग गर्न, समयसमयमा सेनिटाइजर वा साबुन पानीले नियमित हात धुन र भिडभाड नगर्न सल्लाह दिने गर्छन ।

गाउँपालिका–३ का होम आइसोलेसनमा बसेका संक्रमित दत्त गिरी उपाध्यक्षले घरदैलोमा पुगेर बिरामी परेको बेला घरमै आएर सान्त्वना दिँदा पनि निकै राहत हुने रहेछ। घरदैलोमा पुगेर संक्रमित भेटेर स्वास्थ्य परामर्श दिदै लक्षणअनुसारको औषधि उपलब्ध गराउनु निकै ठूलो कुरा हो ।”

जनता कोरोनाबाट संक्रमित भई दुःखमा परेको बेला हामी जनप्रतिनिधि घरमै पुग्दा उनीहरुको आत्मबल बढेको उपाध्यक्ष बुढाको अनुभव छ। गाउँपालिकाका स्वास्थ्य संयोजक गणेबहादुर शाहीले घरदैलोमा पुगेर सङ्क्रमितालाई ऊर्जा दिने काम उदाहरणीय भएको बताए ।

सो गाउँपालिकामा २५ शय्याको आइसोलेसन र पाँच शय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याएको उनले बताए। गाउँपालिकाको तीन स्थानमा हेल्थ डेस्क सञ्चालनमा ल्याएको छ । रासस

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्