अष्ट्रेलिया सरकारले नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसी जाने भोल्कले शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रमबीच नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई उक्त सामग्री हस्तान्तरण गरिन्।

कोभिड–१९ को प्रतिकार्यका लागि नेपाली सेनाबाट तैनाथ गरिने स्वास्थ्यकर्मीहरुको सुरक्षार्थ आवश्यक पर्ने उक्त स्वास्थ्य सामग्रीहरु अष्ट्रेलियन एयर फोर्सको जहाजमार्फत आजै नेपाल ल्याइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

अष्ट्रेलियाले सहयोग गरेको स्वास्थ्य सामग्रीहरु के–के थिए भन्नेबारेमा भने केही खुलाइएको छैन ।