एउटा कार पार्किङ स्पेसको मूल्य १५ करोड १८ लाख रुपैयाँ
मुन्धुमस्टार
हङकङमा १३४ दशमलव ५ वर्ग फुटको कार पार्किङ स्पेस १ दशमलव ३ मिलियन अमेरिकी डलरमा बिक्री भएको छ ।
साउथ चाइना मर्निङ पोस्टको समाचारअनुसार यो स्पेस हङकङको माउन्ट निकोल्सन डेभलपमेन्टले १ दशमलव ३ मिलियन अमेरिकी डलर अर्थात १५ करोड १८ लाख ६७ हजार नेपाली रूपैयाँमा बेचेको हो ।
हङकङमा अचल सम्पत्तिको मूल्य अत्यधिक छ। प्रोपर्टी डिलरहरुले हङकङमा अचल सम्पत्तिको मूल्य अत्यधिक भएका कारण कार पार्किङको मूल्य त्यति धेरै मान्न नहुने बताएका छन्।
माउन्ट निकोल्सन डेभलपमेन्टका अनुसार हालैमात्र विक्रि भएको यो कार पार्किङ स्पेस संसारमै सबैभन्दा महँगो कार पार्किङ स्पेस बन्न पुगेको छ ।
एजेन्सी



