Logo

‘खुवालुङ’माथि किन पर्छ बार-बार सरकारी नजर ?


आशकुमार राई
केही समय अगाडि प्रदेश नं १ को सप्तकोशीमा रहेको एउटा ढुँङ्गा ‘खुवालुङ’ फोरेर पानीबोट चलाउने प्रधानमन्त्री खड्ग प्रसाद ओलिले दिएको अ’भिव्यक्तिपछि उठेको बि’रोधको स्वरहरु फेरि उहाँकै सरकारले अध्यादेशमार्फत ल्याएको बजेट भाषणपछि पनि उहीँ ‘खुवालुङको’ बिषयमा सामाजिक सन्जाल भरी झन च’र्को गरि सरोकारवालाहरुको बि’रोध चुलिएको छ। जुन अहिले सामाजिक सन्जालहरुमा छताछुल्ल छरिएका बि’रोध र बि’बादहरुले यी प्रश्न उठेको देखिन्छ :-

१. यो बिषय के हो ?
२. वास्तबमा खुवालुङ के हो ?
३.  जनबि’रोधको बाबजुद यो सरकार किन खुवालुङलाई फु’टाउन बाराम्बार तम्सिरहेको छ ?
४.  खुवालुङमा सरोकारवालाहरुको भुमिका के हो ? यी प्रश्न स्वाभाबिक रुपले सतह भन्दामाथी उठाई दिएको छ।

१. तसर्थ यो बिषय के हो त ?

यो बिषय जनसमुदाय र सरकारबिचको खास सामुदायिक सरोकारको बिषय हो। जुन खुवालुङलाई एउटा सिंङ्गो किरात सभ्यताबाट उठेका किरात समुदायले आफ्नो आस्थाको केन्द्रको रुपमा मान्दछन। तर सरकार बिकासको नाममा खुवालुङलाई जसरी पनि फुटाएर पानीबोट चलाउन चाहान्छ भन्ने सरकारी कार्यशैलिले प्रष्ट पार्दछ। बि’बादको कडि यहिँ हो । र, यहिँबाट प्रष्ट हुन्छ कि जनता र समुदायप्रती यो सरकार कति उत्तरदायी छ ? कति जवाफदेही छ ? कतिको जनभावना अनुसार काम गर्छ? र जनतासंग कसरी सहकार्य गरीरहेको छ ? सरकारले बिकासको परियोजना ल्याउनुलाई त नराम्रो कुरो भन्न मिल्दैन। सरकारको काम कर्तब्य र सरोकार भित्रपर्ने असाध्यै राम्रो काम हुन सक्छ यो पानीबोट चलाउने कुरा। तर सरकारले जनसरोकारको बिषयहरुलाई कसरी बुझेको छ ? जनताको बिरोधकोबिच फेरि त्यहिँ कार्यक्रम बोकेर बारम्बार आउँछ भने यो सरकारको नियत के हो ? प्रश्न यो पनि आउँछ। सरकार भनेको त समुदायको सहयात्री हो। र, सरकार जनसमुदायकै ऐना पनि हो। सरकारलाई भन्दा पनि जनतालाई बिकासको आवश्यकता छ। जसकारण जनताले नै उक्त सरकारी योजना पहिल्यै फेल गरि दिएका थिए। हाम्रो अस्तित्व मेटिने बिकास हामिलाई चाहिँदैन, हामिलाई मञ्जुर छैन भनिसकेपछीपनि फेरि किन त्यो आर्थिक बर्षको बजेट भाषणको नीति तथा कार्यक्रममा त्यहिँ खुवालुङ फुटाउने योजना पारियो ? यो गम्भीर कुरो हो। त्यसको कारण हुन सक्छ। कि यो सरकारले जनभाबना अनुरुप काम गरिरहेको छैन। कित यो सरकारको नियत नै ख’राब छ। या त जनसमुदायसंग यो सरकारको सम्बन्ध राम्रो छैन वा कतै न कतै स्थानिय सत्ता र समुदायप्रती सरकार पु’र्बाग्रही छ। या स्थानिय समुदाय र सरकारकोबिच एक-अर्कामा बिश्वास छैन भन्ने कुराको बोध गराउँछ। यो दुखद पक्ष हो।

२.वास्तबमा खुवालुङ के हो ?

त्यो माटोको भुमीपुत्र किरातीहरुको दृष्टिकोण अनुसार त्यो ढुंङ्गा अथवा ‘खुवालुङ’ सिंगो आधुनिक किरात समाजको एउटा बलियो जग हो। मुन्धुमी मूल्य र मान्यता अनुसार अहिलेको सिंगो आधुनिक किराती समाज त्यहिँ ‘खुवालुङमाथि’ उभिएको बिश्वास छ। यस अर्थमा ‘खुवालुङ’को मुल्य किरात समुदायको हकमा बेग्लै छ। जुन प्राचीन मौखिक-दर्शन मुन्धुममा त्यसको महत्वपुर्ण व्याख्या भएको छ। जसकारण हामी खुवालुङलाई मात्र एउटा मामुली ढुँङ्गाको रुपमा हेर्दैनौं। यो हाम्रो आस्था र बिश्वाससंग पनि जोडिएको छ। खुवालुङलाई फुटाउन दिँदैनौं भन्ने तर्क छ। तर सरकारको दृष्टिकोणमा खुवालुङ एक मामुली ढुँङ्गा हो। जसले पानीबोटको जलमर्गलाई अ’बरोध गरेको छ। त्यसैले त्यसको अ’बरोध हटाएर बिकासलाई पुर्णता दिनु पर्दछ। दुबैतर्फको कुरो हेर्दा र सुन्दा खुवालुङ ढुंङ्गा नै हो। तर आस्था र अ’बरोध, बिकास र बिश्वासको मूल्यमान्यताहरुमा फरक दृष्टिकोण बनेको कारण यतिबेला ‘खुवालुङ’ बि’बादको बिषय बनेको छ। हरेक कुरालाई बर्तमान अवस्थाबाट मात्रै हेरेर, व्याख्या, विश्लेषण गरेर पुग्दैन। तसर्थ त्यसलाई ऐतिहासिक भौतिकबादी दृष्टिकोणसंग जोडेर हेर्नू पर्दछ। बर्तमान अवस्थाबाट हेरियो भने त्यो ढुँङ्गा हो, जसले बिकासलाई अ’वरोध पुर्‍याएको देखिन्छ। त्यो नै सत्य पनि हो। तर फेरि त्यो ढुँङ्गा, एउटा ऐतिहासिक प्राचीन सभ्यतासंग जोडिए पछि एउटा ठूलो र ऐतिहासिक समुदायको आस्था र बिश्वाससंग जोडिएपछि त्यो भाबना र दृष्टिकोणा बाट हेर्यो भने अब त्यो ढुँङ्गा होईन, सामुदायको आस्था र बिश्वासको अभुतपुर्ब ऐतिहासिक अनि भब्य सम्पदाको रुपमा देखिन्छ।

तसर्थ, त्यसलाई भौतिक तथा ऐतिहासिकधारबाट हेर्दा र बुझ्दा, पुर्खाहरुको शब्द-अध्यय सुनिए अनुसार ‘खुवालुङ’ लिम्बू र खम्बु किराँतीहरु छुट्टिँदा एक अर्काको ‘खुवा’ अथवा आ-आफ्नो एरिया वा ईलाका क्षेत्र अथवा सिमाना मानेको ढुँङ्गा हो पनि भन्ने गरेको पाईन्छ। अर्कोतिर अहिले विभिन्न ठाउँमा विभिन्न अवस्थामा रहेका आम किरातहरु छुट्टिएको ऐतिहासिक थलोको रुपमा पनि यसलाई बिश्वास गरेको पाईन्छ, त्यो नै सत्य हुन पनि सक्छ अथवा त्यो सत्य नहुन पनि सक्छ। तर त्यहाँ आदिमकालदेखि बसोबास गर्दै आएको रैथाने समुदायले त्यो बिश्वास गर्छ भने सरकारले त्यो जनसमुदायको बिश्वास र आस्थामाथी सम्मान गर्नु पर्छ कि पर्दैन ? मुन्धुमी व्याख्याअनुसार किराँती समुदायले मृ’त्यु पर्यन्त धामिको माध्यमद्वारा मृ’ताआ’त्मा त्यहाँ पुग्ने र पुर्‍याईने एउटा स्थानको रुपमा पनि बिश्वास गर्छ। भलै त्यो बिश्वास सहि नहुन सक्छ तर एउटा सभ्यताबाट उठेको समुदायले जुन बिश्वास गर्छ, त्यो कुरोलाई सरकारले आत्मासाथ गर्दै त्यो सभ्यताप्रती सम्मान गर्नु पर्छ कि पर्दैन? अनि खुवालुङ किरात सभ्यताको एउटा महत्त्वपूर्ण कडि हो भनिन्छ। त्यो बिश्वासप्रती किन सरकार नि’र्मम बन्नु पर्यो? बिकास गर्ने नै हो भने सरकार किन खुवालुङ नमासिने गरि बिकल्प खोज्दैन ? अर्को कुरा खुवालुङप्रती किरात समुदायले अहिले गर्दै गरेको बिश्वास र सरकारले त्यो मामुली ढुंङ्गा हो भनि दाबी गरिरहेको भन्दा फरक, खुवालुङू प्राचीन किरात सभ्यताले पत्ता लगाएको अर्कै बहुमुल्य महत्वपूर्ण बस्तु पनि हुन सक्दछ। नत्र किन मुन्धुममा खुवालुङ कोड गरेरै महत्त्वपूर्ण स्थानको रुपमा राखियो होला ? त्यसको खोजीचाहिँ किन नगर्ने ? तसर्थ खुवालुङ सरकारको दृष्टिकोण अनुसार ढुँङ्गा हो। किरात समुदायकोलागी खुवालुङ बिश्वास तथा किरात सभ्यताको महत्वपूर्ण कडि दुबै हो। तर समाज र समुदायबिना सरकार बन्दैन। सरकार, समाज र समुदायकै प्रतिबिम्ब हो। जसकारण जिम्मेवार सरकारले उक्त सामुदायीक सभ्यताको बिश्वास र भावनाको कदर गर्नु पर्दछ। सरोकारवाला समुदायले पनि बि’रोध मात्रै होईन बरु खुवालुङ के हो ? पत्ता लगाउन खुवालुङ बि’नास नहुने गरि आधुनिक प्रबिधीहरुको प्रयोग साथै र बौद्धिक ज्ञानहरुको प्रयोग गरि त्यसको अध्यन र अनुसन्धानमा सरकार र सरोकारवाला समुदायले सहकार्य गर्दा के हुन्छ ?

३. जनबि’रोधको बाबजुद सरकार किन खुवालुङलाई फु’टाउन बाराम्बार तम्सिरहेको छ ?

यो उदेक लाग्दो प्रश्न छ। र, सरकार जनबि’रोधी हर्कत गर्न तम्सिएको देख्दा थुप्रै शं’काहरु पनि उब्जिएका छन। किन भने यो देशमा अहिले हिन्दु धर्म संस्कृति तथा हिन्दु सभ्यताको भन्दा फरक संस्कृति सभ्यता भएको समुदायको पहिचान र,अस्तित्व लाई पटक्कै स्विकार गर्न न’सक्ने घो’र ए’कात्मकबादी सरकार छ। जसलाई आदिबासी जनजातीहरुले मन पराउँदैनन र उसको क्रियाकलापहरु पनि आदिबासी जनजाती मैत्री देखिँदैन। तसर्थ यसमा सरकारको दुईवटा नियत देखिन्छ:-

क. हुन सक्छ यो ढुँङ्गासंग कतै न कतै यो देशको सबै भन्दा पुरानो किरात सभ्यता, साँस्कृती अनि सामाजिक बिश्वास जोडिएको छ। त्यो उसलाई राम्ररी थाहा छ। त्यसकारण बिकासको नाउँमा सरकारले त्यो खुवालुङलाई फु’टाएर भौतिक रुपमा न’ष्ट गर्न तम्सिरहेको छ। जुन कामको कारण किरातिहरुको साँस्कृतिक र सामाजिक सभ्यता अरु अ’न्योलता तिर धकेल्न मद्दत पुग्दछ र कालन्तरमा ध’र्म नभएको किरात समुदायको साँस्कृतिक, सामाजिक र सभ्यताको पहिचान नामेट गरेर हि’न्दुकरण गर्न सजिलो होस भन्ने स्वार्थपुर्ण ए’कात्मकबादी अभिष्टको कारणले हुन सक्छ।

ख. अहिलेको यो सरकार राष्ट्रिय तथा अन्तराष्ट्रीय त’स्कर तथा मा’फियाहरुको कठपु’तली झैं बनेको सबैमा जकजाहेर छ। यो कुरो यहाँ अवगत गराईराख्नु पर्दैन। सरकार खुवालुङलाई विभिन्न बहानामा फु’टाउने प्रयत्न किन गर्छ? सामुदायीक हिसाबले त्यसको प्र’तिरोध गर्दा पनि बाराम्बार विभिन्न रुपबाट खुवालुङ फुटाउने सरकारी योजना बनेर किन आउँछ ? कतै यो खुवालुङ सामान्य ढुँङ्गा नभएर कतै असाधारण किसिमको बहुमुल्य पथ्थर अथवा धातु त होईन ?खुवालुङ भएको त्रिबेणीदेखि करिब तीन चार किलोमीटरतल बराहक्षेत्र मन्दिर परिसरमा एउटा अनौठो ढुँङ्गा देख्न सकिन्छ। त्यो ढुँङ्गा सानो तर अस्वाभाविक गरुँगो छ। त्यो ढुँङ्गालाई दुई नंबरी राष्ट्रिय र अन्तराष्ट्रिय त’स्करहरुले चो”री गर्न निक्कै मेहनत गर्दा पनि अस्वाभाविक गरुँगो भएको कारण सफल नभएको कुरा त्याहाँका अघिल्लो पुस्ताको जानकार मानिसहरुले बताउने गरेका थिए। त्यो ढुँङ्गा कहाँबाट त्यहाँ आयो ? त्यो ढुँङ्गा कहिलेदेखि त्यहाँ छ? त्यो के हो ? कतै त्यो ढुँङ्गा धेरै समय अगाडि विभिन्न कारणले त्यहिँ खुवालुङबाट चोईटिएर संयोगबस त्यहाँ आएको त होईन? सुन्नमा आएअनुसार खुवालुङको मदररक ल्याब टेस्टकोलागी कसैले त्यहाँबाट निक्कै अगाडि बिदेशतिर लगिसकेको छ। कतै त्यो कुनै बहुमुल्य धातुको खानी भएको कारण सरकारले बिकासको योजना बनाउने र त्यहिँ बिकासे सरकारी योजनाको माध्यमबाट सरकारकै मिलेमतोमा त”स्करहरु त त्यहाँ पस्न खोजेका छैनन ? अर्को कुरा मुन्धुम एक अलिखित तर भब्य भौतिकबादी प्राचीन दर्शन हो। दर्शन भनेको आफुले हाँसिल गरेको ज्ञानको समष्ठिगत दस्ताबेज पनि हो। मुन्धुममा दुई किसिमको ज्ञानहरु दस्ताबेजिकरण भएको पाईन्छ। एउटा किरात सभयताको ऐतिहासिक घटना र त्यसको बिबहरणहरुको बर्णन भएको पाईन्छ भने अर्को मुन्धुमले बिज्ञान र भौतिक जगतमा हाँसिल गरेको हरेक ज्ञानहरु र महत्त्वपूर्ण आबिस्कारहरुको बर्णन भएको पाईन्छ। जसकारण मुन्धुमको महत्वपुर्ण स्थानमा रहेको खुवालुङको बारेमा यति भन्न सकिन्छ। कि त्यो खुवालुङको महत्व किरात महासभ्यताको ऐतिहासिकतासंग सम्वन्धित छ। कित मुन्धुमले गरेको बैज्ञानिक, भौतिक खोज तथा अनुसन्धानको एउटा महत्वपूर्ण उपलब्धिको कडि हो भन्न सकिन्छ। त्यसकारण यसलाई संरक्षण गरेर अरु अध्यान तथा अनुसन्धान गर्न जरुरी छ। सरकारलाई बिकास नै गर्ने हुटहुटी चलेको हो भने खुवालुङलाई छलेर योजना फत्ते गर्न नसक्ने कारण के छ ? र खुवालुङलाई नफुटाई नहुने त्यस्तो कारण के छ ? त्यसैले सरकारले बिकासको योजना बनाउँदा स्थानिय समुदायको खुशी समेटिनु पर्छ। स्थानिय सरोकार वालाहरुको भावना र सहमती समेटिएको हुनु पर्दछ। त्यो सरकारको दायित्व हो, त्यो सरकारको जिम्मेवारी र कर्तब्य हो। स्थानिय सरोकारवाला समाज तथा समुदायको अस्तित्वमाथी सं’कट पैदा गर्ने, उस्को आस्था र बिश्वासको धुरी भ’त्काउने, उसको खुशी लु’टेर, उसको पहिचान नामेट गरेर बिकास नामको एउटा बलात साँस्कृतिक उ’त्पिडन जननिर्बाचित अनि जिम्मेवार सरकारले गर्न सक्दैन। त्यसकारण यो सरकार जननिर्वाचित सरकार हो कि होईन ? अनि यो सरकार कतै मा’फियाहरुको चंगोलमा त फँ’सेको छैन? सरकारको कार्यशैलिले यी शं’काको प्रश्नहरु पनि जन्माएको छ। यी प्रश्नहरुको जवाफ सरकारस्वंयमले दिनु पर्छ। नत्र यो एकात्मकबा’दी सरकारले सत्तालाई गलत ढङ्गले प्रयोग गरेर बिकासको नाममा सत्ताधारी संस्कृति भन्दा फरक संस्कृति भएका समुदायहरुप्रतीको बिश्ववसमाथी डो’जर चलाई रहेको छ। कित यो सरकारले सिंगो किरात सभ्यतामाथी जानाजान धा’वा बोलिरहेको छ। सरकारको क्रीयाकलापले अझै यो शंकाको प्रश्न गर्ने ठाउँ दिएको छ कि, यो सरकार भुमिपुत्र किरातहरुको ऐतिहासिक तथा प्राकृतिक सम्पदा र सम्पतीमाथी त”स्करहरुसंग मिलेर लु”टको योजना त बुनिरकेको छैन ? जसको मूल्य पैसा, रुपैयाँमा गणना हुन सक्दैन र अरु कुनै बहुमुल्य तथा लिलामी बस्तुहरुसंग सटही बिनिमय पनि हुन सक्दैन। सरकारले यो कुराको हे’क्का राख्नु पर्दछ।

४.सरोकारवालाहरुको भुमिका के हो ?

सरोकारवालाहरुको भुमिका के हो भन्ने सवाल भन्दा पहिले सरोकारवालाहरु को-को हुन भन्ने प्रश्न आउला। सरोकारवाला त जनसरोकारसंग जोडिएसंगै सबैभन्दा पहिले सरकार आफै हो। जो फु’टाउन उद्दत छ। त्यसपछि नेपाल बहु-भाषिक बहु-साँस्कृतिक र बहु-धार्मिक भएको देश हो भनी स्विकारगरि सहिष्णुभाब राख्ने सम्पुर्ण सरोकारवाला ब्यक्ती तथा समुदायहरु हुन। जसले विभिन्न समुदाय तथा तह तप्काबाट यसको संरक्षणमा बल दिईरहेका छन। र, अर्को स्वंयम किरात समुदाय नै हुन। जुन समुदायको केही सचेत ब्यक्तीहरु बढी सक्रिय देखिन्छन। संस्थागत हिसाबले आदिबासी जनजाती साहित्यकार/लेखकसंघ खुलेर लागेको देखिन्छ। तर सम्पुर्ण किरात मुक्तिको मुक्तिदाता, जानकार अनि मै हुँ भन्ने यो देशको शक्तिशाली पार्टीहरुको गोलमेच बैठकबाट नेतृत्व चयन हुने किरायाको नेतृत्व न”श्लिय हिन्दु सर्बसत्ताबादी पार्टि तथा बर्तमान सरकारको जातिय संगठन जस्तो भएको सबैलाई थाहै छ। उसले जहिले पनि पार्टिको स्वीकृती लिएपछि मात्रै बोल्नु पर्ने हुन्छ होला, अनि त जब हरेक आ”न्दोलन, बि”बादहरु एउटा क्लाईमेक्समा पुग्छन। तब अन्तिम-अन्तिमतिर बोलेर खाली जस थाप्ने काम मात्रै गर्छ। किरायाले पनि यसको बारेमा सामुदायिक दबाब बढेपछी सँधै झैं ढिलै भएपनी संरक्षणको पक्षमा उभिएको बिज्ञप्ति निकालेको सकारात्मक खबरहरु बाहिर आउँदैछ। तसर्थ यो देश सम्पुर्ण नेपालीहरुको साझ देश हो। यो देशमा भएको सम्पुर्ण संस्कार, संस्कृति, ईतिहाँस, सभ्यता, धर्म, जाती, समुदाय, यो देशको हो। त्यसैले यो देश अथवा राज्यले यी सम्पुर्ण सरोकारवाला समुदायहरुसंग सहकार्य गर्दै यी कुरोहरुलाई आफ्नो अस्तित्वको रुपमा स्विकार गर्नु पर्दछ। जसको संरक्षण, सम्बर्द्धन अनि बिकास गर्दै अरु भब्य बनाउने संबन्धित सरोकारवाला, राज्य र सरोकारवाला समुदाय दुबैको दायित्व हो। र अन्तत: अब के गर्ने ? भन्ने बिषयमा निर्णायक भुमिका पनि उनिहरुकै रहन्छ।

निस्कर्ष
निस्कर्षमा हामी के भन्न सक्छौं भने सामुदायिक बिश्वासको दृष्टिकोणबाट खुवालुङ एउटा किरात सभ्यता र संस्कृतिको महत्वपुर्ण स्टेसन हो। खुवालुङ किरात सभ्यताबाट उठेको समुदायको आस्था र बिश्वासको धुरी र मुन्धुम बिज्ञान हो। खुवालुङ जुन बिज्ञानले स्थास्पित गरेको र उसको ऐतिहासिक ज्ञान-चेतनासंग जोडिएको एक महत्वपूर्ण कडि र मुन्धुमी अभिलेख हो। खुवालुङ मुन्धुमी बिचारले हासिल गरेको महत्त्वपूर्ण मूल्य-मान्यता तथा ज्ञानहरुको उपज हो। मुन्धुम प्राचीन किरात सभ्यताको अभिलेख तथा दस्ताबेज हो। त्यसैले मुन्धुममा बर्णित खुवालुङ आफै प्राचीन ऐतिहासिक किरात सभ्यताको ईतिहास र  प्राचीन सांस्कुतिक बिम्ब पनि हो । खुवालुङ राष्ट्रको महत्वपूर्ण साँस्कृतिक सम्पदा मात्र होईन राष्ट्रको ऐतिहासिक र मौलिक पहिचान पनि हो। तर अहिलेको भौतिक परिस्थिति र परिबेश अनुसार खुवालुङ मुन्धुममा वर्णन भएको कारणले मात्र अब महत्वपूर्ण र ऐतिहासिक बन्न सक्दैन। जसलाई यो समय सापेक्षीक ज्ञान-चेतनाले त्यसको अरु खोज अनुसन्धान गर्दै ऐतिहासिक तथ्यहरुमा टेकेर आधुनिक बिज्ञान र प्रबिधिको उचाईमा यसको बैचारिक महत्वलाई उठाउन सकिएन भने अहिले बजारमा चलेको खुवालुङको महत्व र सान्दर्भिकताको अर्थ रहँदैन। समयले सृजना गरेको एक बिकाउ बजारिया हल्ला र खुवालुङ बचाउने विभिन्न किसिमका अभियानताहरुको सामुहिक भ्र’मणको लहड र खाजापानी संकलन गर्ने मौसमी श्रोतको रुपमा मात्रै सिमित हुने निश्चित छ। त्यहिमाथी यो देशको सरकार घोर ए’कात्मकबा’दी छ। त्यसकारण तत्काललाई खुवालुङ फुटाउन नदिनु महत्वपूर्ण उपलब्धी हुन सक्छ तर त्यो मात्रै ठूलो कुरो भने हैन। त्यसपछि हामी कसरी संङ्गठित हुन्छौँ ? त्यसपछि हामी के भन्छौं? त्यसपछि हामी के गर्छौ ? अनि हामी कुन धारबाट अगाडि बढ्छौं ? यो ए’कात्मकबा’दी राज्यसत्तासंग हामी कसरी ल’ड’छौ ? भन्ने चुनौतीहरु प्रधान बनेर आउने छन। त्यसको तयारी हामी कसरी गर्छौं ? हाम्रो किरात सामुदायिक सभ्यताको रक्षा गर्दै त्यसको अ’स्तिव, त्यसको बिकास र अबको हाम्रो बाटो कता ? भन्ने कुराहरु आगामी दिनको लागि बढी अर्थपूर्ण अनि महत्वपूर्ण हुनेछन।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्