Logo

उपत्यकामा परिवर्तित निषेधाज्ञा लागु, सबै खुलेको रूपमा नलिन प्रशासनको चेतावनी


काठमाण्डौ –  उपत्यकाका तीनवटै जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुरमा शुक्रवार बिहानबाट परिवर्तित निषेधाज्ञा लागु भएको स्थानीय प्रशासनहरूले जनाएका छन्।

पछिल्लो पटक थपिएको नि’षेधाज्ञा जेठ ३१ गतेसम्म लागु रहने जिल्ला प्रशासन कार्यालयहरूद्वारा जारी सूचनामा उल्लेख छ। बुधवार तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले पहिलाभन्दा केही खुकुलो व्यवस्थासहित निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो।

कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि भन्दै हाल देशका ७७ मध्ये ७५ जिल्लामा निषेधाज्ञा लागु गरिएको गृह मन्त्रालयले जनाएको छ। ललितपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार मुख्य गरी दुईवटा कारणले निषेधाज्ञा केही खुकुलो पारिएको हो।

एक,  पछिल्ला दिनमा सङ्क्रमण दर केही घटेको देखिएको छ भने सङ्क्रमितले अस्पतालमा शय्या पाउन तथा अक्सिजनको अभाव लगायतका समस्या हटेको छ। दुई, विगतको तुलनामा पछिल्ला दिनहरूमा सङ्क्रमितहरूको व्यवस्थापन गर्न सकिने अवस्था सिर्जना भएको छ। र आमनागरिकको जीवनयापनमा पनि केही सहजता आओस् भनेर केही खुकुलो पारिएको उनले बताए। तर निषेधाज्ञा पूर्ण रूपमा हटेको र सबै कुरा खुलेको रूपमा मानिसहरूले लिनुभएन। निषेधित कामहरू गर्दा द’ण्ड-स’जायको व्यवस्था छँदैछ,उनले भने।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्