Logo

जसपा नेता राजेन्द्र महतो सहरी विकास मन्त्रालयसहित उपप्रधानमन्त्रीमा नियुक्त: पार्टीको मूल प्रवाह आफुहरु रहेको दाबी


काठमाडौँ — आज सहरी विकास मन्त्रालयसहित उपप्रधानमन्त्रीमा नियुक्त भएका जसपा नेता राजेन्द्र महतोले पत्रकारहरु संङ्ग संक्षिप्त कुरा गर्दै आफूले मधेसको माग र मुद्दाका बारेमा काम गरिररहेको र त्यसकै आधारमा सरकारमा सहभागी हुन लागेको बताए ।

‘हामीले मधेसको माग मुद्दाकै बारेमा काम गरेका हौं । पहिले पनि त्यसैको आधारमा सरकारमा गयौं । केही कार्यान्वयन भए केही बाँकी छन् । अब तिनलाई पनि हामी सरकारमा गएर कार्यान्वयन गर्छौं ।’

उनले भविष्यमा पनि आफूहरुले मुद्दा केन्द्रित भएरै काम गर्ने बताए । उनले पार्टीको मूल प्रवाह र बहुमत आफूहरुसँगै रहेको पनि दाबी गरे । ‘पार्टीको मूल प्रवाह भनेको हामी हो । हामीसँग ७० प्रतिशत पकड छ,’ उनले भने । उनले आफूहरु सरकारमा जाँदा पार्टी नफुट्ने र जसपा नै रहने दाबी गरे ।

जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले आजै साँझ उपप्रधानमन्त्रीको शपथ लिएका हुन। आजै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उनको पार्टीको समझदारी भएपछि जसपाका ८ मन्त्री र २ राज्यमन्त्री हुने तय भएको हो ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्