पीसीआर रिपोर्ट नेगेटिभ आए पनि काठमाडौं आइसकेपछि अनिवार्य पाँच दिन क्वारेन्टिनमा बस्नुपर्ने

खाडी तथा मलेसिया रोजगारीबाट फर्किने नेपाली अनिवार्य पाँच दिन होटेल क्वारेन्टिनमा बस्नुपर्ने भएको छ ।
नेपाल आउँदा ७२ घणटाभित्रको पीसीआर रिपोर्ट नेगेटिभ आए पनि काठमाडौं आइसकेपछि पुनः कोरोना परीक्षण गर्नुपर्नेछ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीहरुका लागि सूचना जारी गर्दै यस्तो व्यवस्था गरिएको जनाएको छ ।
यस्तै, नेपाल भित्रिएका यात्रुले १० दिन अनिवार्य होटेल क्वारेन्टिनमा बस्दा दुईपटक पीसीआर परीक्षण गराउनुपर्ने पनि प्राधिकरणले जनाएको छ ।
नेपाल भ्रमणका लागि आउने यात्रुले उडान गर्नुपूर्व ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ आएको रिपोर्टसहित तस्बिर र बारकोड, स्वाब संकलन समयसहितको विवरण पेस गर्नुपर्ने पनि जनाइएको छ ।
यात्रुले होटेल क्वारेन्टिनमा बसेको चौथो र १०औँ दिनमा पीसीआर गराउनुपर्ने प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ ।