नागरिकता अध्यादेशविरुद्धका रिटमा अहिले संवैधानिक इजलासमा सुनुवाइ हुँदै

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नागरिकता अध्यादेशविरुद्धका रिटमा वरिष्ठतम न्यायायधीबाटै संवैधानिक इजलास बनाएका छन् ।
प्रधानन्यायाधीशकै नेतृत्वमा हुने संवैधानिक इजलासमा राणसहित दीपकुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन् ।
नागरिकता विधेयक संसद्मा पारित हुने अन्तिम चरणमा रहेका बेला सरकारले राजनीतिक लाभका लागि अध्यादेश जारी गरेर राष्ट्रहित र संविधानविरुद्ध काम गरेको भन्दै परेका नागरिकता अध्यादेशविरुद्धका रिटमा अहिले संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।