Logo

खनाल–नेपाल समुहको केन्द्रीय समिति बैठक दोस्रो दिन पनि जारी


भावी रणनीति तय गर्न बिहीबारबाट शुरु भएको एमालेको खनाल–नेपाल समुहको केन्द्रीय समिति बैठक दोस्रो दिन आज पनि जारी छ ।

भर्चुअल रुपमा बसेको बैठकमा बिहीबार बोल्न बाँकी रहेका सदस्यहरुले आज धारणा राख्ने छन् । बैठक केहीबेर अघिबाट सुरु भएको छ ।

नेकपा एमालेका नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्यहरू पार्टी एकताका लागि अब समय तोकेरै अगाडि बढ्नुपर्ने निष्कर्षमा पुगेका छन्।

नेकपा एमालेका नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्यहरू पार्टी एकताका लागि अब समय तोकेरै अगाडि बढ्नुपर्ने निष्कर्षमा पुगेका छन्।

पछिल्लो पटक वार्तामा सहभागी रहेका सुरेन्द्र पाण्डे र घनश्याम भुसालले आफूहरू इमान्दार रूपमा पार्टी एकताकै प्रयासमा लागेको ब्रिफिङ गरेका थिए।

‘दुईचार दिन हेरौं, अध्यक्ष ओली कति इमान्दार छन् भन्ने पनि थाहा हुन्छ। कति बचनमा अडिन्छन् र एकताप्रति कति प्रतिवद्ध छन् पनि थाहा हुन्छ। पार्टीको चिन्ता त ओलीले कति गर्छन् भन्ने सबैलाई थाहा नै छ!,’ पाण्डे र भुसालका भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘त्यहाँभित्र संघर्ष गरौंला। हाम्रो इमान्दार प्रयास पार्टी एकताकै पक्षमा छ। तर उनीहरू के गर्छन् त्यो पनि हेरौं।’

पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर जान नसकिने भन्दै नयाँ पार्टी खोल्न ढिला गर्न नहुने बताएका छन् ।

पदाधिकारीमध्ये अधिकांश नेपाल पक्षका छन् । केही पछिल्लो समय तटस्थ भूमिकामा छन् । तटस्थ रहेकाहरु माधव नेपाल समूहकै हुन् ।

नेपाललाई कतिपयले संयमित भएर हतार नगर्न सुझाव दिइरहेका छन् । कतिपयले पार्टी नयाँ खुलाइहाल्नुपर्नेमा जोड दिदै आएका छन् ।

नेकपा एमालेको माधव नेपाल पक्षधरको केन्द्रीय कमिटी बैठकमा ८८ जना सहभागी भए । उनीहरु सबै नवौं महाधिवेशनमा निर्वाचितहरु हुन् ।

आज भर्चुअल माध्यमले बसेको बैठकमा ८८ जना सहभागी भएको बुझिएको छ । उनीहरुले माधव नेपाललाई पार्टी एकता देखि विकल्पमा अलग पार्टी निर्माणबारे सुझावहरु दिए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्