Logo

राजनीतिक एजेन्डामा दलित मुक्त्ती, ब्याबहारमा शुन्य


उद्बब बिश्वकर्मा

दोलखा – दलित भन्ने शब्दलाइ राजनितीको एजेन्डा बनाएको तर ब्यायबहारत कार्यनयन नहुदा दलितका समस्यामाथी कुनैपनी फरकपन आउन सकेको छैन नेपाल सरकारले छुवाछूत तथा जातीय बिभेदलाइ कानुनतः द’ण्डनिय अ’पराधको रुपमा उल्लेख गरिएतापनी स्थानीय सरकारले त्यसलाई गम्भीरता पुर्बक नलिएकै कारण समस्या हल हुनसकेको छैन भने जनताद्वारा निर्बाचित जनप्रतिनिधिहरुमा नै दलितलाई हेरिने दृस्ठिकोणमा परिवर्तन नहुनु यसका प्रमुख समस्याको जड बनेको छ ।

सार्वजनिक स्थल बैठक सभामा बिभेदअजन्य क्रियाकलाप नदेखाएतापनी टोल समाज र घरमा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा जिम्मेवार जनताका जनप्रतिनिधि बाटनै छुवाछूत जन्य  नजर दलितमाथी देखा पर्नाले बिभेदलाइ न्यूनीकरण नभई एक किसिमको जिम्मेवार निकायबाट नै प्रोत्साहन पैदा भएको बर्तमान परिपेक्षमा छर्लङ्ग छ । हाल स्थानीयतहबाट दलित तथा लक्ष्यित बर्ग शिर्षकमा जेजती बजेट बिनियोजन हुन्छ, तर त्यो बजेट पारिबर्तित क्षमता र त्यस्को सर्बाङ्गिण बिकासको लागी नभई  कार्यकर्ता मुखी भएकै कारण दलित लक्ष्यित बजेट राजनीति गर्ने एजेन्डा मात्रै बन्न पुगेको छ।

बजेटले मात्रै बिकास हुने हैन जनप्रतिनिधिकै सोचाइमा बिकास नभएसम्म दलितका समस्या यथावत रहने दोलखा मेलुङ गाउपालिका वडा नं ७ कि निर्वाचित दलित महिला सदस्य बिमला नेपालीको भनाइ छ। बजेटले बाजागाजा खरिद गर्दा मौलिकता लाई कायम त राखला, आधुनिक किसिमको आरण ब्यायबसायमा खर्च गर्दा परापुर्बकालिन पेशाको संरक्षण पनि होला  तर त्यस्को आधुनिक बिकास र आधुनिक ब्याबसायसंङ्ग जोड्नको  लागी मुख्य रुपमा शिक्षा र प्रशिक्षण नै आबश्यता हुने हुँदा त्यसकुरापर्ती पनि जिम्मेवार निकाएको ध्यान पुग्न नसकेको सदस्य नेपालीले बताईन।

दलित एकताको प्रसंङ्गमा दलित दलित बिच एकरुपता कायम गर्न सकेमात्रै सबै समस्याको हल हुनसक्ने बैत्यश्वर गाउकार्यपालिका वडा नं १ कि अर्की दलित महिला  सदस्य ठुलिकान्छी बिश्वकर्माको भनाइ छ। यो पार्टी र उ पार्टी भनेर राजनीति गर्ने तर उहीँ नेताको घरमा जादा ढोकामा बसेर चिया खाने यी यस्ता परिपाटीले कसरी छुवाछूत नियन्त्रण हुन्छरु आट राख्नुपर्यो प्रतिकार गर्न सिक्नुपर्यो। उसै हुन्छ परिवर्तन निर्वाचित पनि भन्ने दलित पनि भन्ने वडा सदस्य पनि भन्ने आट चाहिँ कुनै कुराको नराख्ने समुदायको बिकास र उत्थान गर्न शिक्षा बजेट भन्दापनी दरिलो आट राख्नुहोस परिवर्तन सम्भब छ। कसैले दिएन केही कुरा पाइन भन्दापनी किन चाहिँ पाइएन भनेर खोज गर्न जिल्लाका सबै दलित महिला सदस्यलाई सुझाब दिन्छिन दलित महिला सदस्य बिश्वकर्मा।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्