Logo

ओलीको भुलभुलैमा लाग्न हुन्न : खनाल- नेपाल पक्ष


नेकपा एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको भर्चुअल बैठक जारी छ ।

केन्द्रीय सदस्यहरूको भर्चुअल बैठकमा सहभागीहरूले पार्टी एकताका लागि अनन्तसम्म अल्मलिनु नहुने धारणा राखेका छन्।

आज १२ बजेदेखि सुरु भएको भेलामा सुरुमै नेता माधव कुमार नेपालले पार्टीभित्रको विवाद र विकसित परिस्थितका बारेमा बिफ्रिङ गर्दै एकता प्रयासमा खासै उपलव्धी नभएको बताए ।

उनले अन्य नेताहरुलाई आ–आफ्नो धरणा सुनाउन आग्रह समेत गरेका थिए।

नेपाल पक्षीय नेताहरू घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले प्रधानमन्त्री ओली पक्षसँग भएका भएका अनौपचारिक वार्ताबारे बैठकमा जानकारी गराएका थिए।

नेता नेपालको भनाई उधृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘पार्टी एकताका लागि अनौपचारिक ढंगले केही साथीहरुले कुरा पनि गरिराख्नु भएको छ।

तर, खासै उपलव्धी भैसकेको छैन ।’बैठकमा सहभागी अन्य केन्द्रीय सदस्यहरूले पनि अझै केही समय ‘केपी ओली प्रवृत्तिविरुद्ध’ पार्टीभित्रै रहेर संघर्ष गर्नुपर्ने र नयाँ पार्टी गठनमा हतारो नगर्न नहुने राय दिएका छन्।

केहि नेताहरुले भने ओलीको भुलभुलैमा लाग्न नहुने सुझाव दिएका थिए।

उनीहरुले स्पष्ट कार्यदिशासहित अघि नबढे कम्युनिस्ट आन्दोलनमा थप क्षती हुने धराणा राखेका छन् ।

पार्टी विवाद समाधान गर्न गठित १० सदस्यी कार्यदलका नेतामध्ये भीम रावललाई ओलीले कारवाही गरेपछि सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र योगेश भट्टराईले ओली पक्षसँग अनौपचारिक छलफल गर्दै आएका छन् ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्