Logo

दोलखामा दोस्रो लहरको कोरोना भाइरस महमारीको प्रभाव बढ्दो: एन्टिजन परिक्षण प्रभाबकारी नभएको जनगुनासो


उद्बब बिश्वकर्मा

दोलखा –कोरोना भाइरसको दोस्रो लहरको महमारी सङ्गै अधिकाङ्स नागरिकहरु प्रभावित  बने भने देश नै आक्रन्त बन्यो। नेपालसरकारले समयमा नै स्वास्थजन्य सामाग्री आपूर्ति  गर्न नसक्दा र अस्पतालहरुमा प्रयाप्त शैयाहरु नहुदा र बैकल्पिक शैयाहरुकोसमयमा नै ब्यायबस्था गराउन नसक्दा कतिपय नागरिकहरुले अल्पाआयुमा नै ज्यान गुमाउनु परेको बाध्यात्मक अबस्था छ।

हाल आएर विभिन्न देशहरु तथा दातृ संघसस्था सहयोगी ब्यक्तिहरुबाट अक्सिजन  औसधिजन्य बस्तु लगाएतका उपकरणहरु केही हदसम्म प्राप्त गर्न सहज भए सङ्गै प्रत्येक सङ्क्रमित नागरिकमा स्वास्थ सेवा पुर्याउनु  स्थानीय तहहरु लागि परेका छनक्वारेन्टाइन निर्माण पछि
दोलखाको कतिपय स्थानीय तहहरुमा आईसुलेसन तथा अक्सिजन  सहित नागरिकलाई सहज ढंगले स्वास्थ्य  सेवा पुर्याउने उद्देश्यले  नि शुल्क अस्पतालहरुको पनि ब्याबस्था गरेका छ्न।

नेपाल सरकारले  एन्टिजन परिक्षणलाई तीब्र रुपमा अघि बढाएपनी दोलखाको अधिकाङ्स ग्रामीण भेगका नागरिकहरु एन्टिजन परिक्षणको नतिजालाइ बिश्वास गर्न छाडिसकेका छन। सामान्य रुघाखोकीलाई पनि कोरोना पोजेटिभ देखाइदिने र गाउँ समाज आफन्तबाटनै तिरस्कृत हुनुपर्ने अवस्थाले नागरिकहरु कोरोना परिक्षण गर्न नमान्ने दोलखाको गौरीशंकर गाउपालिका वडा न ८का वडा अध्यक्ष उदय बहादुर खड्काले बताए। उनका अनुसार प्रत्येक टोलटोलमा नै गएर स्वास्थ परिक्षण गराउनुहोस यदि नतिजा पोजेटिभ नै आएपनी स्थानीय तहले निशुल्क उपचार गराउछ भनेर परामर्श दिएपनी उल्टै यस्ता रुघाखोकी ज्वरो त हामिले उसै पचाएको अझैपनी पचाउछौ जस्ता जवाफ पाएको वडा अध्यक्ष  खड्काको भनाइ छ।

गौरीशंकर गाउपालिका कै एक वडामा रुघाखोकी र ज्वरोको व्यापक महामारी छ भनेर स्वास्थकर्मिको टोलि सहित उद्बारको लागि एम्बुलेन्स सहित परिक्षणको लागि जादा कोहिपनि नआएको र सिङ्गो वडाको मात्र दुइजना को स्वास्थ  परिक्षण  गरि फर्किएको गौरीशंकर गाउपालिका स्वास्थ्य शाखा प्रमुख वसन्त कुमार रेग्मी बताउछन। केही समय अगाडि  सामान्य ज्वरो तथा रुघाखोकी खोकी लाग्दा समेत स्वास्थसस्था आउने ब्याक्ती हिजोआज कडा किसिमको समस्या देखापर्दा समेत स्वास्थ  सस्था नआउने खारे स्वास्थ चौकी कि इन्चार्ज कमला गुरुङ बताउछिन।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्