Logo

इतिहासमा अनौठो मजाक भयो – कृष्ण थापा


गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त गरिएका कृष्ण थापाले कारबाहीले आफूलाई खासै फरक नपर्ने बताएका छन् ।

बिहीबार पदमुक्त भएपछि प्रतिक्रिया दिँदै थापाले ‘इतिहासमा अनौठो मजाक’ भएको बताए ।

नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन सहयोग नगर्दा आफ्नो पद गुमेको उनले उल्लेख गरे ।

इतिहासले अवश्य मूल्यांकन गर्नेछ,” उनले भने, “बागलुङ–१ ‘ख’का सम्पूर्ण जनतामा तपाईँहरुको अभिमतविपरीत जान सकिनँ, हजुरहरुको अभिमतलाई हार्दिक हार्दिक अभिवादन ।”

आजै जनमोर्चाको गण्डकी प्रदेश संसदीय दलले उनलाई पदमुक्त गर्न प्रदेशसभा सचिवालयलाई पत्राचार गरेको थियो ।

त्यसपछि बसेको प्रदेशसभाको बैठकमा सभामुखले उक्त पत्र पढेर सुनाएसँगै उनी पदमुक्त भएका हुन् । उनले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई सघाउँदै आएका थिए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्