निर्वाचन आयोगले नेपाल जन लोकतान्त्रिक पार्टी खारेज गर्यो

नेपाल जन लोकतान्त्रिक पार्टी खारेज भएको छ । निर्वाचन आयोगले उक्त दल खारेज गरेको हो ।
दर्ता नम्बर २४ मा दर्ता भएको दल खारेजीको निवेदन परेकाले खारेज गरिएको आयोगका एक अधिकारीले जानकारी दिए ।
त्यस्तै, आयोगले मौलिक जरोकिलो पार्टीको चुनाव चिह्न खारेज गरेको छ ।
नेपाल मातृभूमि पार्टी र जरो किलोको चुनाव चिह्न एउटै भएकाले जरो किलोलाई आयोगमा नभएको चुनाव चिह्न लिएर १५ दिनभित्र आउन पत्राचार गरिएको छ ।
बलिरहेको दियो चिह्न मातृभूमि पार्टीले पाएको छ । पार्टी पहिले दर्ता भएकाले चुनाव चिह्न मातृभूमिले पाएको आयोगका ती अधिकारीले जानकारी दिए ।