Logo

संवादहीनता अन्त्यगर्न विपक्षीसँग मुख्यमन्त्री राईले गरे छलफल


प्रदेश नम्बर–१ सभाको हिउँदे अधिवेशन सुरु भएयता सुरु भएको सरकार र प्रमुख विपक्षी दलबीचको संवादहीनता अन्त्य भएको छ ।

मुख्यमन्त्री शेरधन राईले सरकारको नीति तथा कार्यक्रम सदनमार्फत ल्याउन र पूर्वबजेट छलफल चलाउनसमेत वास्ता नगरेको, कोरोनाविरुद्धको खोप पहुँचवालालाई मात्र वितरण गरेको र संक्रमितको उपचार तथा व्यवस्थापन गर्न सरकार चुकेको भन्दै विपक्षीले चर्को विरोध गरिरहेका थिए ।

तर, सरकार र विपक्षी दलको संवादहीनतालाई तोड्दै मुख्यमन्त्री राईले छलफल गरेका छन् ।

अध्यादेशबाट बजेट ल्याउने आशंका गर्दै विपक्षी दलले प्रदेश प्रमुखलाई भेटेर ध्यानाकर्षण गराएलगत्तै मुख्यमन्त्री राईले विपक्षी दलसँग आफ्नै कार्यालयमा सर्वदलीय छलफल गरेका हुन् ।

प्रदेशले असार १ गते बजेट ल्याउने प्रावधान छ । सदनमा बजेट पेस हुनुभन्दा १५ दिनअगाडि नै पूर्वबजेट छलफल सकिसक्नुपर्ने कानुनी व्यवस्था छ ।

तर, कोरोना महामारीका कारण त्यसो गर्न सम्भव नभएको प्रदेश सरकारले स्पष्टीकरण दिँदै आएको छ ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्